बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • बाजुरा अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द

बाजुरा अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द

  • शुक्रबार, अशोज १२, २०८०
बाजुरा अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द

बाजुरा —देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी माथिको आक्रमणको विरोध गर्दै जिल्ला अस्पताल बाजुराका स्वास्थ्यकर्मी पनि आन्दोलित बनेका छन । विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालको डिउटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आक्रमण हनु निन्दनीय भएको भन्दै बाजुराका स्वास्थ्यकर्मी पनि आन्दोलित बनेका हुन ।

ग्रामिण क्षेत्रका स्वास्थ्य संस्था संचालनमा भएपनि जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरु भने अस्पतालमा सेवा बन्द गरेर आन्दोलित हुदैँ सडकमा उत्रिएका छन । स्वास्थ्यकर्मी माथि भएका दुव्र्यवहार तथा भौतिक आक्रमण प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्रसमेत बुझाएको बाजुरा अस्पताल प्रमुख समिता पुनले बताएकी छन ।

No description available.

स्वास्थ्य जस्तो संवेदनशिल स्थान जहाँ स्वास्थ्यकर्मीहरु भोकप्यास र निन्द्रा नभनि बिरामीको सेवामा खटिएपनि अस्पतालमै स्वास्थ्यकर्मी माथि भइरहेका आक्रामक घटनाको बिरोध गरेका छन । त्यस्ता घटनामा संलग्न दाषिहरुलाई स्वास्थ्यर्की तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ पहिलो संसोधन २०७९ बमोजिम कडा कानुनी सजाय नगरी उल्टै राज्यबाट बचाउँदा आफ्नो मनोबल घट्नुका साथै असुरक्षित भएको उनिहरुले बताएका छन ।

घटनाका दोषिहरुलाई कानुन बमोजिम कारवाही नहुँदा जिल्ला अस्पताल बाजुराबाट प्रवाह हुने आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरेका छन ।

साथै आजबाट अर्को सूचना जारी नभएसम्म सेवा ठप्प पार्ने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा राज्यले नै लिनु पर्ने उनिहरुले बताएका छन । सदरमुकाममै रहेको जिल्ला अस्पतालबाट प्रवाह हुने सेवा बन्द हुँदा दैनिक उपचारका लागि आउने बिरामीलाई समस्या भएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार