बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • मार्तडीमा पुग्यो अनुदानको चामल, कवाडी र मुक्तिकोटका गोदाम रितै

मार्तडीमा पुग्यो अनुदानको चामल, कवाडी र मुक्तिकोटका गोदाम रितै

  • शनिबार, अशोज ६, २०८०
मार्तडीमा पुग्यो अनुदानको चामल, कवाडी र मुक्तिकोटका गोदाम रितै
फाइल तस्विर

बाजुरा— सदरमुकाममार्तडीको खाद्य व्यवस्था तथा ब्यापार कम्पनीमा अनुदानको चामल पुगेको छ भने हिमाली गाउपालिकाको कवाडी र स्वामीकार्तिक खापर गाउपालिकाको मुक्तिकोट बिक्रि केन्द्रका गोदाम भने खाली रहेका छन् ।

सनिवार पहिलो चरणमा मार्तडी डिपोमा २ सय क्विन्टल जिरा मसिनो चामल पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेखराज ओझाले बताएका छन ।

बाजुराको खाद्य डिपोहरुमा नियमित आउने अनुदानको चामल ठेक्का प्रकृया पुरा नहुदै चामल सकिएपछि ढुवानी भाडा पछि स्विकृत हुने गरी तत्काल २ सय क्विन्टल जिरा मसिनो चामल बाजुरा पुगेको शाखा कार्यालय बाजुराका प्रमुखओझाले बताए। बाजुरा पुगेको २ सय जिरा मसिनो चामल प्रति किलो ९२ रुपैयामा बिक्रीहुने प्रमुख ओझाले बताए । बजारमापाईने मसिना चामलको ९५ रुपैयामा पाइने गरेको छ ।

स्थानियका लागि मोटा चामलभए सस्तो पर्ने थियो, खाद्य व्यवस्था तथा ब्यापार कम्पनी प्रदेश कार्यालयमै मोटा चामल नभएपछि जिरा मसिनो चामल पठाएको छ । मार्तडीको गोदाममा चामल सकिएपछि भदौ २४ गते एक सुचना जारी गर्दै खाद्य गोदाममा ताला लगाएको थियो । आईतबार बाट जिरा मसिनो चामल बिक्रि नियमति गरिने प्रमुख ओझाले बताए ।

मार्तडीमा रहेको शाखा कार्यालयमा चमल पुगे पनि अन्य अस्थायी बिक्रि केन्द्र र डिपोमा भने चामलको अभाव रहेको स्थानियले बताएका छन । कोल्टी डिपोमा भने ५ सय क्विन्टल मौजात चामल रहेको बताइएको छ ।

मार्तडीमा रहेको शाखा कार्यालयमा आवश्यकअनुसार थप चामल आउने र अन्य बिक्रि केन्द्रमा भने ठेकका प्रक्रिया पुरा भएपछि मात्र चामल ढुवानी हुने बताईएको छ । ठेक्का प्रकृयाको अहिलेसम्म कुनै टुंङ्गो नभएको पनि प्रमुखओझाले बताएका छन ।

सुदूुरपश्चिममा सबैभन्दा बढि बाजुरामा गत आर्थिक बर्षमा १७ हजार क्विन्टल चामल बिक्री भएको थियो भने चालु बर्षका लागि १२ हजार क्विन्टल कोटा निर्धारण गरिएकोमा हाल २ सय क्विन्टल आएको छ । हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले धमाधम चार्डपर्वको मुखमा पछि स्विकृत गराउने गरी बाजुरासहित अछाम, बझाङ, डडेल्धुरा र दार्चुला लगायतका जिल्लामा चामल निर्यात गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार