सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • बुढीनन्दा ७ का एक पुरुष भालुको आक्रमणबाट गम्भिर घाइते

बुढीनन्दा ७ का एक पुरुष भालुको आक्रमणबाट गम्भिर घाइते

  • शुक्रबार, अशोज ५, २०८०
बुढीनन्दा ७ का एक पुरुष भालुको आक्रमणबाट गम्भिर घाइते

बाजुरा— जिल्लाको बुढीनन्दा नगरपालिका ७ का एक पुरुष भालुको आक्रमणमा परी गम्भिर घाइते भएका छन् । घाइते हुनेमा सोही वडाका अन्दाजि ४२ बर्षिया पदम बहादुर बुढा रहेका छन् ।

बुधबार सोताखोला जंगलमा बाख्रा चराउन गएको समयमा बुढा भालुको आक्रमणमा परेका घाईतेका छोरा सुरेन्द्र बुढाले बताएका छन ।

घाईतेको बाँया आँखा, दाँया हात र नाकमा गम्भीर चोट लागेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख डा. प्रतिक न्यौंपानेले जानकारी दिएका छ । घाईतेको अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार