बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • बाजुराका सामुदायिक बिद्यालय बन्द, ५४ हजार बालबालिकाको पढाइ प्रभावित

बाजुराका सामुदायिक बिद्यालय बन्द, ५४ हजार बालबालिकाको पढाइ प्रभावित

  • बिहिबार, अशोज ४, २०८०
बाजुराका सामुदायिक बिद्यालय बन्द, ५४ हजार बालबालिकाको पढाइ प्रभावित

टेक बहादुर बुढा —शिक्षकहरुको आन्दोलनका कारण बाजुराका ५४ हजार बालबालिकाको पढाई प्रभावित भएको छ । शिक्षकहरु आन्दोलित भएपछि बाजुराका सामुदायिक बिद्यालयहरु बन्द गरेपछि बालबालिकाको पढाई प्रभाबित भएको हो । शिक्षकहरु आन्दोलन गर्न काठमाडौंँ गएपछि बिद्यालय पुगेका बिद्यार्थीहरु निराश हुदै घर फर्किएका छन ।

सामुदायिक बिद्यालयहरुमा केहि शिक्षकहरु बाहेक कोहि छैनन्। कक्षाकोठामा बिद्यार्थीलाई पढाउन छाडेर देशभरका शिक्षकहरु आन्दोलित हुँदा सामुदायिक बिद्यालयको पठनपाठन ठप्प भएको छ । जिल्ला सदरमुकाम मार्तडी स्थित मालिका मावि, बालमन्दिर लगायत जिल्लाभरका २ सय ३९ सामुदायिक बिद्यालय सुनसान बनेका छन् ।

सरकारले संसदमा प्रस्तुत गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकविरुद्ध शिक्षक, विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन । सो प्रस्तावित विद्यालय शिक्ष विधेयकमा १८ बुँदे असहमती राखेर शिक्षक महासंघका् घोषणा अनुसार आन्दालित भएपछि बाजुराका सामुदायिक विद्यालयमा अध्ययनरत ५४ हजार २ सय ३४ विद्यार्थीहरुको पढाई प्रभावित हु्ने भएको छ ।

उक्त विधेयकको मस्यौदा आम शिक्षक र विद्यालय कर्मचारीको हित विपरित रहेको निष्र्कष निकाल्दै बुधबारदेखि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु आन्दोलित भएका हुन् । शिक्षकहरुले बुधबार नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए भने आज माइतीघरमा धर्ना कार्यकम रहेको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार