सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • पैसा अभाबमा शरिर जलेका १३ बर्षिय चरिन्द्र जिवन मरणको दोसाधमा

पैसा अभाबमा शरिर जलेका १३ बर्षिय चरिन्द्र जिवन मरणको दोसाधमा

  • सोमवार, अशोज १, २०८०
पैसा अभाबमा शरिर जलेका १३ बर्षिय  चरिन्द्र जिवन मरणको दोसाधमा

बाजुरा– बाजुराको स्वामिकार्तिकखापर गाउँपालिका २ पुडयानीका १३ बर्षका चरिन्द्र बुढा जिवन मरणको दोसाधमा रहेका छन् । करेन्ट लागेर जलेका उनि अहिले पैसा नहुदा बयलपाटा अस्पतालको शैयामा मृत्यु सँग जुधिरहेका छन् ।
बयलपाटा अस्पतालका डाक्टर अमुल सिंहका अनुसार बयलपाटा अस्पतालमा उपचार सम्भब नहुने काठमाडौ लिन बिरामीलाइ आग्रह गरेपनि पैसा नहुदा अस्पतालमै रहेको वताएका छन् । उनको शरिर ५० प्रतिशत भन्दा बढी भाग जलेको छ, अन्यत्र लिन भनेको थियौ, आफन्तले पैसा छैन भनेपछि अस्पतालमै रहेको सिंहले वताए । चरिन्द्र चार दिन देखि बयलपाटा अस्पतालमा रहेका छन् ।
गाउँ नजिकै बाख्रा चराउन गएको बेला बिजुली तारबाट करेन्ट लागेर उनि जलेका थिए । पोल बाट तर भुइमा खसेको रहेछ, त्यहि बाट करेन्ट लागेर जलेको दाजु पारस बुढाले वताए । दुइसाता पहिला जलेर घाइते भएका चरिन्द्रलाइ कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र हुदै नेपालगञ्ज रिफर गरेको थियो । नेपालगञ्ज बाट काठमाडौ वा लखनउ लिन भनेपछि आफन्तले भारतको लखनउ लगेका थिए । लखनउमा एकहप्ता उपचार गरेर पैसा सकिएपछि फिर्ता ल्याएको पारस बुढाले वताएका छन् ।
राम्रो उपचार चरिन्द्र बाच्न सक्छन्, यहाँ उसको उपचारका लागि आबश्यक पर्ने सामान र जनशक्क्ति नभएको अस्पतालको चिकित्सक सिंहले वताए । यो इलोक्टनिक बोन हो, सामान्य उपचार नहुने सुबिधा सम्पन्न अस्पतालमा लिनुपर्ने उनले वताए । चरिन्द्रको परिवारको आर्थिक अबस्था निकै कमजोर भएकाले उनि उपचार पाउन आश निकै झिनो रहेको छ । रिन काढेर भारतको लखनउ सम्म पुगायौ, त्यहाँ पैसा हुदा सम्म उपचार गरेको पैसा सकिएपछि अस्पतालले निकालेको वडा नम्बर २ का अध्यक्ष बिष्णु बुढाले वताए । ५ लाख भन्दा बढी खर्च भएको उनले वताए ।
घर लग्यौ भने जलेको घाउले बिरामीलाइ निकै पिडा हुने, अरु केही उपाय नभएपछि बयलपाटा अस्पताल अछाममा लगेको पारस बुढाले वताएका छन् । उनलाइ भाइको उपचारमा सहयोग गर्ने हारगुहार गरेपनि उपचारमा कतै बाट सहयोग नभएको दुखोसो गरेका छन् । गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले भारतको लखनउ सम्म लिन गाउँपालिकाले केही सहयोग गरेका थियौ, ठुलो उपचारमा सहयोग गर्न सक्ने पालिका सँग पनि बजेट नभएको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार