सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामिकार्तिक खापर गाउँपालिकाका करार कर्मचारीलाई नियम बिपरित भत्ता

स्वामिकार्तिक खापर गाउँपालिकाका करार कर्मचारीलाई नियम बिपरित भत्ता

  • सोमवार, अशोज १, २०८०
स्वामिकार्तिक खापर गाउँपालिकाका करार कर्मचारीलाई नियम बिपरित भत्ता

बाजुरा– स्वामिकार्तिक खापर गाउँपालिकाले करारमा रहेका कर्मचारीहरुलाई दिन नमिल्ने सेवा सुबिधा वाफत ३ लाख ६४ हजार २ सय रुपैया भुक्तानी दिएको पाईएको छ । महालेखा परिक्षकको आर्थिक बर्ष ०७८/७९ को बार्षिक प्रतिबेदनमा सो सेवा नियमस्मवत नभएकाे उल्लेख गरिएको छ ।
मलेपको प्रतिबेदनमा नेपाल सरकार मन्त्रिपरिषदको २०७४/१/२१ को निणर्यअनुसार स्थानिय तहले राखेका करार कर्मचारीहरुलाई स्थानिय भत्ता दिन नहुने उल्लेख गरिएको भए पनि गाउँपालिकाका नियम बिपरीत सेवा सुबिधा दिएको उल्लेख गरिएको छ ।
गाउँपालिकाको करारमा रहेका कानुन अधिकृत सुबिस्त शाही, कम्पुटर अधिकृत राजन रेग्मी र डोजर चालक मनलाल लहारलाई दिएको मंहगी भत्ता सेवा सुबिधा नियमबिपरित भएको मलेपको रिर्पोटमा उल्लेख गरिएको छ ।
त्यसै गरि स्वास्थ्य सेवामा करारमा रहेका कर्मचारी दुईपटक तलव दिएको पाइएको छ । स्वास्थ्य क्षेत्रमा रहेका २७ जना करार कर्मचारीहरुले फागुन मसान्त सम्मको तलव दिएको र फेरी नदिएको भन्दै ५२ हजार तलव थप दिएको मलेपको प्रतिबेदनमा उल्लेख गरिएको छ । सो रकम गाउँपालिकाले असुल गर्नुपर्ने मलेपको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

No description available.
सार्बजनिक खर्चको मापदण्ड कार्यबिधी तथा निर्देशिका २०७५ अनुसार सबै किसिमका तालिम गोष्ठी, सेमिनार कार्य संचालन पालिकास्तरमा कक्षा संचालन गर्दा ७ सय र कार्यपत्र वाफत ८ सय तोकेको भए पनि गाउँपालिकाले नियमबिपरित प्रशिक्षक भत्ता बितरण गरेको मलेपको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
सम्बन्धीत कार्यलयले संचालन गरेको तालिमको प्रशिक्षक भत्ता लिन नपाउने कार्यपत्र वाफतको मात्र रकम पाउने ब्यबस्था भए पनि गाउँपालिकाका कर्मचारीले प्रशिक्षक भत्ता लिएको प्रतिबेदनमा उल्लेख गरिएको छ । सो गाउँपालिकामा कर्मचारीहरुले प्रशिक्षक वाफत लिएको ५३ हजार ८ सय ९० रुपिया असुल गर्नुपर्ने उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार