सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • बुढीनन्दाले नृत्य प्रतियोगिता गरेर तीज मनाउँने, मौलिक गित गाउँनेलाई प्रथमिकता

बुढीनन्दाले नृत्य प्रतियोगिता गरेर तीज मनाउँने, मौलिक गित गाउँनेलाई प्रथमिकता

  • शनिबार, भदौ २३, २०८०
बुढीनन्दाले नृत्य प्रतियोगिता गरेर तीज मनाउँने, मौलिक गित गाउँनेलाई प्रथमिकता

बाजुरा– बुढीनन्दा नगरपालिका कोल्टी बाजुराले हिन्दु नारीहरुको महान चाड हरितालिका तीजमा नृत्य प्रतियोगिताको आयोजना गरेर मनाउने भएको छ । नगरपालिकाको आयेजनामा तीजको अवरसर पारी नृत्य प्रतियोगिता सञ्चालन गरिने भएको हो ।
तीज विशेष कार्यक्रममा नगरपालिका भित्रका सम्पूर्ण महिलाहरु बिच प्रतिस्पर्धा गराउने भएको छ । तीजको मौलिकता हराउँन नदिन नगरपालिकाले सबै महिलाहरु समेटिने गरी तीज विशेष कार्यक्रमको आयोजन गर्न लागिएको नगर प्रमुख जनककुमार बोहराले बताएका छन् ।
ग्रामीण क्षेत्रका नारीहरुलाई पनितीजको आभास दिलाउन संयुक्त रुपमा नृत्य प्रतियोगिता कार्यक्रमको आयोजन गरिने नगर उपप्रमुख राबहादुर बोहराले बताएका छन् ।

वर्षको एक पटक मात्रआउने हिन्दु नारीको महान चाड हरितालिकातीजको अझै पनि ग्रामीण क्षेका नारीलाई छाउन सकेको छैन् । भने तीजको बारेमा साहेद कमै थाहा होला । यो पटक सबै ठाउँका नारीहरुलाई समावेश हुने गरी आयोजना गरिने कार्यक्रमले प्रोत्साहन पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।
नगरपालिकाले तीज प्रतियोगितामा सहभागि हुने जोकोही महिला समूहलाई आजैदेखि आफ्नो टिम दर्ता गर्न सूचना मार्फत जानकारी गराएकोे छ । नृत्य प्रतियोगितामा स्थान ल्याउनेलाई पुरस्कारको समेत व्यवस्था गरेको छ । टिम दर्ता बुढीनन्दा नगरपालिकोको कार्यालयमा भाद्र १७ गते बेलुका ५ बजे कार्यालय समया भित्र गरिसक्नु पर्ने भनेको छ ।
शिवमिलन पार्क कोल्टी विच बजारमा भाद्र ३० गते हुने तीज विशेष नृत्य प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, दास्रोलाई १० हजार तेस्रालाई ६ हजार पुरस्कार प्रदानगरिने छ । मौलिक भेषभुष झल्काउने पोशाक तथा मौलिक गित गाउने टिमलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राख्ने बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार