शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश
  • बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरी घाइते

बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरी घाइते

  • बिहिबार, भदौ २१, २०८०
बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरी घाइते

बैतडी—  बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरी घाइते भएकी छन्।

जिल्लाको पञ्चेश्वर गाउंपालिका–३ बगडीका जयराज लोहारकी १७ वर्षीया छोरी पुजा लोहार चितुवाको आक्रमणबाट गम्भीर घाइते भएकी हुन। घाइते किशोरीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

आज वडाकै बगरेटी रोल भन्ने जंगलमा घाँस काट्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो। चितुवाको आक्रमणबाट गम्भीर किशोरीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार