शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश
  • संविधान दिवसको उत्सव मनाउन एमालेको परिपत्र

संविधान दिवसको उत्सव मनाउन एमालेको परिपत्र

  • बिहिबार, भदौ २१, २०८०
संविधान दिवसको उत्सव मनाउन एमालेको परिपत्र

काठमाडौं — नेकपा एमालेले आठौं संविधान दिवसलाई उत्सवका रुपमा मनाउन पार्टी पंक्तिलाई परिपत्र गरेको छ ।

पार्टी निर्णय अनुसार, सम्पूर्ण पार्टी पंक्तिलाई संविधान दिवसको उत्सवमा सहभागी हुन परिपत्र जारी गरिएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए । ‘नेपाली जनताको ७० वर्ष लामो संघर्षबाट संविधान बनेको दिनलाई उत्सवका रुपमा मनाउँदैछौं, त्यही अनुसार परिपत्र भएको छ’, उनले भने ।

केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष केपी शर्मा ओली सहभागी भएर नारायणचौंर काठमाडौंमा संविधान दिवस मनाउने कार्यक्रम तय भएको छ । संविधान जारी भएको दिन ३ असोजलाई उत्सवका रुपमा मनाउन प्रदेश र जिल्ला कमिटीलाई परिपत्र गरिसकेको अधिकारीले बताए ।

परिपत्रअनुसार जिल्लास्थित पार्क, शहीत स्तम्भ या आन्दोलन र संघर्षलाई स्मरण गराउने सार्वजनिक स्थलमा एमालेले राष्ट्रिय झण्डासहित पदयात्रा गर्नेछ । उक्त पदयात्रामा देशभक्तिपूर्ण गीतहरु बजाउने र राष्ट्रिय झण्डासहित सहभागी भएको तस्वीर सामाजिक सञ्जालमा राख्न परिपत्र गरिएको छ ।

राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र नेपालको संविधानको पक्षमा विभिन्न सञ्चार माध्यमबाट विचार संम्प्रेषण गर्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिइएको छ । यसबाहेक स्थनीय विशेषताअनुसार थप सिर्जनात्मक कार्यक्रम गर्न सकिने पनि परिपत्रमा उल्लेख छ ।

प्रदेश र जनसंगठनका कमिटीमा रहनेहरुलाई आफू रहेको भूगोलकै कार्यक्रममा सहभागी हुन एमालेले निर्देशन दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार