• होमपेज
  • देश
  • गृहमन्त्रीलाई गगन थापाको प्रश्न : काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ?

गृहमन्त्रीलाई गगन थापाको प्रश्न : काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ?

  • बिहिबार, भदौ २१, २०८०
गृहमन्त्रीलाई गगन थापाको प्रश्न : काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ?

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर उनले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै विरोध गरे ।

‘सन्काले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ । नेपाल कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहनछु । या विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस्,’ महामन्त्री थापाले भने ।

साथै, महामन्त्री थापाले शान्ति सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षण गराए । ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु- के अब हामीले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ । हामी एक्लै हिंड्न हुने हो कि नहुने हो ?’ महामन्त्री थापाले प्रश्न गरे ।

प्रधानमन्त्री र गृहमन्त्रीले ठाउँठाउँमा ‘यसलाई छाडिने छैन’ भन्ने जस्ता शब्दहरु प्रयोग गर्ने गरेको उल्लेख गर्दै थापाले भने, ‘म आग्रह गर्न चाहन्छु । जिम्मा लिएकाले धेरै बोल्ने होइन, गर्ने हो ।’

चर्चामा

सम्बन्धित समाचार