मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • देश
  • कक्षा १२ को ग्रेडबृद्धि परीक्षाकोे समय तालिका परिवर्तन

कक्षा १२ को ग्रेडबृद्धि परीक्षाकोे समय तालिका परिवर्तन

बाजुरामा तिन परिक्षा केन्द्र कायम

  • मङ्लबार, भदौ १९, २०८०
कक्षा १२ को ग्रेडबृद्धि परीक्षाकोे समय तालिका परिवर्तन

टेक बहादुर बुढा, बाजुरा — कक्षा १२ को ग्रेडबृद्धि (पुरक) परिक्षाको समय तालिका परिर्वतन गरिएको छ । जसअनुसार सानो कोड भएका विषय असोज ९ गते र ठुलो कोड भएका विषयहरु १० गते हुने राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।

पुरक परिक्षा आगामी असोज ६ र ७ गते हुने भनिएपनि विशेष कारणवस पुरक परिक्षाको समय तालिका संसोधन गरिएको छ । पुरक परिक्षा विहान ११ बजे देखि २ बजेसम्म सञ्चालन हुने भएको छ ।

परिक्षाका लागि बाजुरामा तिन वटा परिक्षा केन्द्र निधारण गरिएको छ । बाजुरा जिल्ला भरिबाट ६ सय ८३ जना विद्यार्थीहरुका लागि तिन वटा परिक्षा केन्द्र कायम गरिएका शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराले जनाएको छ ।

जस अन्तर्गत १ बाजुरा क्याम्पस जँहा ५ विद्यालयका विद्यार्थीहरु परेका छन भने २ मा मालिका मावि (क) त्यसमा ७ विद्यालय, ३ मा मालिका मावि (ख) जिउलामा १५ विद्यालयका विद्यार्थी परेका शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराले जनाएको छ । परिक्षामा बाजुरा जिल्लाका २७ विद्यालयका विद्यार्थीहरु सहभागी हुने भएका छन ।

सूचना हेर्नुहाेस 

May be an illustration of blueprint, ticket stub and text

May be an image of blueprint and text

चर्चामा

सम्बन्धित समाचार