शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दनराज काफ्लेले दिए राजीनामा

कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दनराज काफ्लेले दिए राजीनामा

  • मङ्लबार, भदौ १९, २०८०
कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दनराज काफ्लेले दिए राजीनामा

काठमाडौं — नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् ।

काफ्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले प्रमुख सचेतकबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

प्रदेश सभा सदस्य काफ्लेले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव भएकोले राजीनामा दिएको उल्लेख गरेका छन् ।

‘केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु,’ उनले फेसबुकमा लेखेका छन् ।

काफ्लेले प्रमुख सचेतकको भूमिकामा हुँदा सहयोग गर्ने बाग्मती प्रदेशका पार्टीका सांसदलाई धन्यवादसमेत दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार