• होमपेज
  • अन्तर्राष्ट्रिय
  • थाइल्यान्डका पूर्वप्रधानमन्त्री सिनावात्राको जेल सजाय घटाइयो

थाइल्यान्डका पूर्वप्रधानमन्त्री सिनावात्राको जेल सजाय घटाइयो

  • शनिबार, भदौ १६, २०८०
थाइल्यान्डका पूर्वप्रधानमन्त्री सिनावात्राको जेल सजाय घटाइयो

थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको जेल सजाय ८ वर्षबाट घटाएर एक वर्ष बनाइएको छ । सिनावात्राले सजाय माफीका लागि निवेदन दिएकोमा राजा महा बजिरालोंग कर्नले सजाय घटाएका हुन् ।

सिनावात्रको उमेर र स्वास्थ्यका कारण जेल सजाय घटाइएको शाही राजपत्रमा उल्लेख गरिएको छ। सिनावात्रा राजसंस्थाप्रति बफादार रहेको र देश तथा जनताका लागि असल कार्य गरेको राजदरबारले जनाएको छ ।

सिनावात्राले भने सजाय कटौती नभई आममाफी नै पाउने आशा रहेको प्रतिक्रिया दिएका छन् । गत महिना १५ वर्षको स्वनिर्वासन अन्त्य गरेर स्वदेश फर्किएलगत्तै पक्राउ परेका सिनावात्रालाई सर्वोच्च अदालतले जेल सजाय सुनाएको थियो ।

उनलाई तत्काल जेल पठाइएकोमा छातीमा समस्या देखिएपछि सरकारी अस्पताल पुर्‍याइएको थियो । उनी अझै अस्पताल रहने बताइएको छ ।

गत २२ अगस्टमा स्वदेश फर्किएकै दिन उनको फिउ थाइ पार्टीका नेता स्‍नेत्था थाभि-सिनलाई संसद्ले प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार