शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिका कार्यपालिकाको १९ औँ बैठक बुढिनन्दामा सम्पन्न

बुढिनन्दा नगरपालिका कार्यपालिकाको १९ औँ बैठक बुढिनन्दामा सम्पन्न

  • शुक्रबार, भदौ १५, २०८०
बुढिनन्दा नगरपालिका कार्यपालिकाको १९ औँ बैठक बुढिनन्दामा सम्पन्न

टेक बहादुर बुढा– बुढिनन्दा नगरपालिका कार्यपालिकाको बैठक जिल्लाकै धार्मीक धरोहरको रुपमा रहेको बुढिनन्दामा सम्पन्न भएको छ । कार्यपालिकाको १९ औँ बैठक धार्मीक तथा पर्यटकिय क्षेत्र बुढिनन्दामा सम्पन्न भएको हो ।

कार्यपालिकाको बैठकले बुढिनन्दा नगरपालिकाले हरेक बर्ष बुढिनन्दाको पूजाका लागि नगरबाट सरकारी टोली पठाउने निणर्य गरेको छ । बुधबार बुढिनन्दा मन्दिर क्षेत्रमा बसेको नगरपालिकाको १९ औं बैठकमा सो निणर्य गरेको नगरपालिकाले जनाएको छ । यस अघि बुढिनन्दा तिर्थयात्राको अवसरमा बुढिनन्दा मन्दिर परिसरमा बस्ने निणर्य गरेको थियो ।

त्यस्तै उक्त बैठकमा बुढिनन्दा लगायत धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको पर्यटन प्रर्बद्धन तथा विकासका लागि नगर प्रवक्ता जंगविर रोकायाको नेतृत्वमा समिति गठन गरेको छ ।

बुढिनन्दा धार्मिक तथा पर्यटकिय क्षेत्रको अध्ययन अनुसन्धन गर्न महत्वपू्णर योगदान गरेको भन्दै बडिमालिका नगरपालिका ८ का मनोज रेग्मीलाई पर्यटन दुत घोषणा गर्नुका साथै प्रत्येक बर्षको जनैपूणर्िमाका दिन नगरपालिका भित्र सार्वजनिक बिदा दिने निणर्य गरेको नगर प्रमुख जनक कुमार बोहोराले बताएका छन ।

त्यस्तै नगरको विकासका लागि पञ्चबर्षिय विकास योजना तर्जुमा निमाणर् गर्न निणर्य गरेको नगर प्रमुख बोहोराले बताए । नगरपालिकाको १९ औँ बैठक बुढिनन्दा क्षेत्रमा बसेर गरेका निणर्यले समग्र बुढिनन्दाको पर्यटन प्रबद्र्धन तथा विकासका लागि महत्वपूणर् भूमिका खेल्ने नगर प्रमुख बोहोराले बताए ।

बुढिनन्दामा पूजाआजा समापन पछि सो बैठक बस्नुका साथै मन्दिर परिसरमा सरसफाई समेत गरेको स्थानिय पत्रकार महेश कार्कीले बताएका छन । उक्त बैठकमा बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहोरा बुढिनन्दा नगरपालिकाका कार्यपालिका सदस्यहरु, नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रचार विभाग प्रमुख बल्देब रेग्मी, बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, कार्यपालिका सदस्य, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको पत्रकार कार्कीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार