बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • बाजुराबाट सरकारी पूजा सामाग्रीसहितको टोली बडिमालिका प्रस्थान

बाजुराबाट सरकारी पूजा सामाग्रीसहितको टोली बडिमालिका प्रस्थान

  • आइतवार, भदौ १०, २०८०
बाजुराबाट सरकारी पूजा सामाग्रीसहितको टोली बडिमालिका प्रस्थान

बाजुरा —बाजुराबाट सरकारी पूजा सामाग्रीसहितको टोली आइतबार बडिमालिका प्रस्थान गरेको छ । हरेक बर्ष सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकिय स्थल बडिमालिमा दर्शनका लागि सरकारी पूजा सामाग्रीसहित टोली जाने गरेको छ ।

जनै पूणिर्माको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन बडिमालिकामा मुख्य पूजाआजा हसने प्रचलन रहेको छ । पूजा सामाग्रीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बदको टुकडीले सलामी दिएको थियो । सरकारी टोलीमा बडिमालिका नगरपालिका, जिल्ला प्रसाशन, जिल्ला प्रहरी कार्यालय तथा नेपाली सेनाको टोली आज बिहान बडिमालिका निस्केको छ ।

उक्त टोलीलाई गैरसरकारी निकाय लगायत सर्वसाधरणले फुलमाला, अबिरसहित बाजागाजाका साथ पठाएका छन । बडिमालिका तिर्थयात्रा गत बर्षदेखि सुरु भएको र यो बर्ष पनि व्यवस्थित रुपले बडिमालिका नगरपालिकासहित जिल्लाको सरकारी टोली बडिमालिका प्रस्थान गरेको नगरप्रमुख अमर बहादुर खड्काले बताएका छन ।

स्थानिय सरकार , प्रदेश तथा नेपाल सरकारको तर्फबाट यसको प्रचारप्रसार तथा धार्मिक एवं पर्यटकिय रुपमा प्रबद्र्धनका लागि सरकारी टोली निस्केको नगरप्रमुख खड्काले बताए । बडिमालिका माताको दशका लागि आफू मन प्रफुल्ल गरेर दर्शनार्थीका रुपमा जान प्रमुख जिल्ला अधिकारी पुस्कर खड्काले बताएका छन ।

अन्य जिल्लाबाट बडिमालिका माताको दर्शनका लागि आउने तिर्थयात्रीहरुका बर्षायम भएकाले सडक सहजरुपमा सञ्चालनमा समस्या भएपनि यसको व्यवस्थापन तथा त्याँहा गएका भक्तजनहरुमा केहि समस्यामा उक्त टोली खटिने प्रमुख जिल्ला अधिकारी पुस्कर खड्काले बताएका छन ।

सरकारी पूजा सामाग्रीसहित सदरमुकाम मार्तडी स्थित मालिका मन्दिरमा पूजाआजा गरि जिल्लाबाट सरकारी टोली बडिमालिका प्रस्थान गरेको छ । बडिमालिकाको दर्शनका लागि जुम्ला र डोटीबाट पेटारोसहित सरकारी टोली हिडिसकेको छ । No description available.

No description available.

No description available.No description available.

चर्चामा

सम्बन्धित समाचार