शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • देश
  • कञ्चनपुरका एक युवक चार दिनदेखि भारतमा वेपत्ता

कञ्चनपुरका एक युवक चार दिनदेखि भारतमा वेपत्ता

  • शुक्रबार, भदौ ८, २०८०
कञ्चनपुरका एक युवक चार दिनदेखि भारतमा वेपत्ता

बाजु्रा — कञ्चनपुरका एक युवक चार दिनदेखि भारतमा वेपत्ता भएका छन । जिल्लाको बेदकोट नगरपालिका १० नयागाँउ बस्ने ५० बर्षका नवलसिंह कठायत भारतको बेङलोरमा वेपत्ता भएका पारिवारिक स्रोतले जनाएको छ ।

उनी कामको सिलसिलामा भारतको बेङलोर पुलिस स्टेशन ओलसेन गाडेनमा बस्दै आएका थिए । गत सोमबार बिहान ९ बजे कोठाबाट निस्केका कठायत यो समाचार तयार पार्दासम्म पनि फेला नपरेका आफन्तहरुले बताएका छन ।

कठायत चार दिनदेखि वेपत्ता भएपछि उनको परिवार बिचल्लीमा परेको छ । उनको खोजीकार्यका लागि परिवारले अपिल गरेको छन ।

खोजि कार्यमा सहयोगका लागि उनकी छोरी विस्ना खत्तीको नेपालको फोन नम्बर ९८०६४९२३१६ र बेङलोरका लागि उनकी श्रीमती मनिसा कठायतको सम्पर्क नम्बर ७९७५३३२७११ मा सहयोग गरिदिन अनुरोध गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार