शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • विधेयक प्रमाणीकरण गर्न पाकिस्तानी राष्ट्रपतिबाट अस्वीकार

विधेयक प्रमाणीकरण गर्न पाकिस्तानी राष्ट्रपतिबाट अस्वीकार

  • सोमवार, भदौ ४, २०८०
विधेयक प्रमाणीकरण गर्न पाकिस्तानी राष्ट्रपतिबाट अस्वीकार

इस्लामबाद– पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले संसदबाट पारित दुई महत्वपूर्ण विधेयकमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।

ती विधेयकहरूले अधिकारीहरूलाई राज्य र सेना विरुद्ध कार्यहरूका लागि व्यक्तिहरूलाई अभियोग लगाउन थप शक्ति दिँदै थियो । कानुन मन्त्रालयले राष्ट्रपतिको यो कदम असंवैधानिक भएको जनाएको छ ।

रोयटर्स समाचारका अनुसार यी विधेयकहरू पाकिस्तानको संसदको दुवै सदनबाट पारित भइसकेको छ। डा. अल्वी पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) पार्टीका सदस्य हुन् ।

डा. अल्वीले सोशल मिडिया प्लेटफर्म एक्समा भने, ‘भगवान मेरो साक्षी हुनुहुन्छ, मैले आधिकारिक गोप्य संशोधन विधेयक २०२३ र पाकिस्तान सेना संशोधन विधेयक २०२३ मा हस्ताक्षर गरिन किनभने म यी कानूनहरूसँग असहमत छु।’

अल्वीले ती हस्ताक्षर नगरिएका विधेयकलाई प्रभावहीन बनाउनका लागि तोकिएको समयभित्र व्यवस्थापिकामा फिर्ता गर्न आफ्ना कर्मचारीलाई आग्रह गरेको बताए ।

कानुन तथा न्याय मन्त्रालयले भने राष्ट्रपतिको निर्णयलाई गम्भीर चासोको विषय भएको बताएको छ । राष्ट्रपतिसँग दुईवटा विकल्प छन्, या त स्वीकृति गर्ने या विशेष टिप्पणीको साथ संसदमा पठाउने,’ मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

संविधानअनुसार दुवै सदनबाट पारित भएको १० दिनभित्र राष्ट्रपतिले विधेयकको मस्यौदामा हस्ताक्षर नगरे वा आफ्नो टिप्पणी वा आपत्तिसहित फिर्ता गरेमा कानुन निर्माण हुन सक्दैन ।

चर्चामा

सम्बन्धित समाचार