आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • लम्पीस्किन रोगबाट मरेका पशुको क्षतिपूर्ति दिन सक्दैनौं : कृषिमन्त्री

लम्पीस्किन रोगबाट मरेका पशुको क्षतिपूर्ति दिन सक्दैनौं : कृषिमन्त्री

  • बिहिबार, साउन ३२, २०८०
लम्पीस्किन रोगबाट मरेका पशुको क्षतिपूर्ति दिन सक्दैनौं : कृषिमन्त्री

काठमाडौं—  सरकारले लम्पीस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने भन्दै राहत भने दिन सक्ने बताएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री डा. बेदुराम भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको क्षतिपूर्ति दिन नसकिने बताए ।

क्षतिपूर्ति दिन नसके पनि सरकारको तर्फबाट किसानहरुलाई राहत दिने गरी कार्यविधि बनिरहेको उनले बताए ।

‘किसानहरुलाई ठूलो क्षति भयो । क्षतिपूर्ति नै त गर्न सक्दैनौं होला । अरु अरु सन्दर्भमा पनि क्षतिपुूर्ति नै भनेर गर्न सकेका छैनौँ । राहत कमसेकम सरकारको तर्फबाट दिनुपर्छ भन्ने हिसावले प्रधानमन्त्री ज्युकै उपस्थितिमा बैठक बसेर आधार, मापदण्ड र कार्यविधि लगायतका प्रकृयालाई अगाडि बढाएका छौं,’ उनले भने, ‘कार्यविधि पास हुने बित्तिकै राहत दिन्छौं ।’

लम्पीस्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएको र चैतदेखि हालसम्म ४७ हजार ६४९ पशु मरेको जानकारी दिँदै एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको बताए ।

तान्जानिया, टर्की र जोर्डनबाट लम्पीस्किनबिरुद्धको भ्याक्सिन आयात गरेको जानकारी दिँदै उनले अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आएको र ६ लाख ८६ हजार चार सय ५० पशुलाई भ्याक्सिन लगाइएको जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार