आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • भीमदत्त राजमार्ग ६ घण्टा बन्द हुने

भीमदत्त राजमार्ग ६ घण्टा बन्द हुने

  • बिहिबार, साउन ३२, २०८०
भीमदत्त राजमार्ग ६ घण्टा बन्द हुने

धनगढी– भीमदत्त राजमार्ग बिहीबार (आज) ६ घण्टाका लागि बन्द गरिने भएको छ । गत २२ साउनमा आएको पहिरोका सडक भाँसिएको गोदावरी नगरपालिका-४ को बुढितोलामा मर्मतका लागि दिउँसो १२ देखि साँझ ६ बजेसम्म सडक बन्द गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख हरी सुवेदीले सडकको पहिरो हटाएर सवारीसाधन सञ्चालन गरिए पनि हिलो र पानी बग्ने क्रम नरोकिएकाले मर्मत गर्न केही घण्टा सडक बन्द गर्न लागेको जानकारी दिए ।

सुवेदीले उक्त क्षेत्रमा गाडी चलेपनि हिलोका कारण फस्ने समस्या देखिएकाले जाली राखेर मर्मत गरिने तथा निरन्तर बगिरहेको पानीलाई पाइपमार्फत निकास दिइने बताए । लगातारको वर्षापछि गत सोमबार आएको पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग एक हप्तापछि सञ्चालनमा आएको थियो । अनलाइन खवरबाट

चर्चामा

सम्बन्धित समाचार