आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • अहिले हाम्रा लागि सत्ता चासोको विषय होइन : एमाले महासचिव पोखरेल

अहिले हाम्रा लागि सत्ता चासोको विषय होइन : एमाले महासचिव पोखरेल

  • बुधबार, साउन ३१, २०८०
अहिले हाम्रा लागि सत्ता चासोको विषय होइन : एमाले महासचिव पोखरेल
फाइल फोटो

धनगढी- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन् । आज धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताका पक्षमा कसरी काम गर्न सकिन्छ भनेर पार्टीले ध्यान केन्द्रित गरेको जनाए ।

प्रतिपक्षी एमालेविरुद्ध विचित्रको मनोविज्ञान देखाउने गरिएको चर्चा गर्दै उनले भने, “पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण गरिए पनि जनतालाई र राष्ट्रलाई केन्द्रमा राखेर एमाले अगाडि बढिरहेको छ ।”

महासचिव पोखरेलले स्वार्थी तत्वले पार्टी विरुद्ध घेराबन्दी गरिरहेको भए पनि जनता एमालेको पक्षमा रहेको जिकिर गरे । भेलामा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, कैलाली इन्चार्ज गणेश ठगुन्नालगायतले पनि पार्टी सङ्गठनका बारेमा धारणा राखेका थिए ।

चर्चामा

सम्बन्धित समाचार