• होमपेज
  • देश
  • अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता

अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता

  • मङ्लबार, साउन ३०, २०८०
अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता

काठमाडौँ — पार्टीमा असन्तुष्ट रहेका एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । अध्यक्ष ओली र रावलबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।

पार्टीको १० औं राष्ट्रिय महाधिवेशनयता अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टी काममा समेत सक्रिय छैनन् । उक्त महाधिवेशनमा रावलले ओलीको चाहानाविपरित उनीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।

केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए ।

पौडेल नेतृत्वको टोली र रावलबीच वैशाख पहिलो साता एक चरणको कुराकानी भएपनि त्यसपछि पुनः कुनै छलफल भएको थिएन ।

चर्चामा

सम्बन्धित समाचार