मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • रास्ट्रिय युबा संघ नेपाल बुढिनन्दा नगर कमिटीको द्रोसो अधिवेशन सम्पन्न

रास्ट्रिय युबा संघ नेपाल बुढिनन्दा नगर कमिटीको द्रोसो अधिवेशन सम्पन्न

  • शुक्रबार, साउन २६, २०८०
रास्ट्रिय युबा संघ नेपाल बुढिनन्दा नगर कमिटीको द्रोसो अधिवेशन सम्पन्न

बाजुरा– रास्ट्रिय युबा संघ नेपाल बुढिनन्दा नगर कमिटीको द्रोसो अधिवेशन तथा युबा प्रशिक्षण कार्यक्रम आज सम्पन भएको छ । र्राष्ट्रिय युवासंघ नेपालको केन्द्रिय सर्कुलर अनुसार सबै स्थानीय तहमा संगठन हरु लाई पुर्णता दिनु पर्ने र रास्ट्रिय युबासंघ नेपालमा आबद्ध भएका युवा लाई प्रशिक्षण गर्ने तालिका अनुसार बुढीनन्दा नगरपालिकामा पनि संगठन बिस्तार गरिएको जिल्ला सचिब बिस्नु कार्कीले बताए ।

द्रोसो अधिबेशन बाट अध्यक्षमा नरेन्द्र शाही रहने गरि ३१ सदस्यीय समिति गठन गरिएको प्रदेश निर्वाचन क्षेत्र (क) संयोजक सुरेन्द्र रोकायाले बताएका छन । उपाध्यक्ष खगेन्द्र बिस्ट,सचीव राम चन्द्र बिस्ट ,सहसचिव धिरेन्द्र नेपाली ,शौभाग्य रेग्मी ,कोषाध्यक्ष रमिता रोकाया( बोहोरा ) लगायत ३१ सदस्यीय कमिटी गठन गरिएको बताए  ।
नगर कमिटी सचिब मुकुन्द बहादुर मल्लको अध्यक्षतामा संचालन भएको प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले सुदुर पश्चिम प्रदेश उप सचीब तथा निवर्तमान सुदुर पश्चिम प्रदेश माननीय बल्देब रेग्मी रहेका थिए ।

नेकपा एमाले बुढीनन्दा नगर कमिटी उपाध्यक्ष शुकविर कडारा ,प्रदेश कमिटी प्रचारप्रसार बिभाग सदस्य सर्पलाल गिरि बिशेश अतिथि रहेको कार्यक्रममा रास्ट्रिय युबा संघ नेपाल पुर्व जिल्ला संयोजक गणेश बोहोरा ,जिल्ला उपाध्यक्ष छितिजसङ्ग शाही ,सचिब बिस्न कार्की ,उप सचिब महेन्द्र शाह प्रदेश निर्वाचन क्षेत्र (क) इन्चार्ज सुरेन्द्र रोकाया ,रिटनि फेडेशन नेपाल बाजुराका अध्यक्ष महेश कार्की अनेरास्ववियु जिल्ला कमिटी उप सचिब प्रेम नेपाली लगायत अतिथी रहेका थिय।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले युवासंघ पाटिको खम्बा भएकाले यस्को नेतृत्वमा आउने जोकोहीले सकृय रहनु पर्ने कुरामा जोड दिदै द्रोसो पालिका अधिवेशन सफलताको शुभकामना समेत दिएका छन । जिल्ला कमिटी ,पालिकाका कमिटीका विभिन्न तह र तप्कामा रहेका रास्ट्रिय युबा संघ नेपालका पदाअधिकारी अतिथि रहेको कार्यक्रमको संचालन मोति सुनारले गरेका थिए । बुढीनन्दा नगर पालिकाको सभा हलमा सम्पन भएको कार्यक्रममा रास्ट्रिय युबा संघ नेपालमा आबद्ध युबाहरुको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार