• होमपेज
  • देश
  • कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै,जसपाकी निर्मला स्वास्थ्यमन्त्री बन्ने

कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै,जसपाकी निर्मला स्वास्थ्यमन्त्री बन्ने

  • शुक्रबार, साउन २६, २०८०
कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै,जसपाकी निर्मला स्वास्थ्यमन्त्री बन्ने

काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री थापाले आज जनता समाजवादी पार्टीकी निर्मला लिम्बूलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् ।

उच्च स्रोतका अनुसार लिम्बूलाई स्वास्थ्यमन्त्री बनाउने तयारी भईरहेको छ । लिम्बूले यसअघि हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्मा समेत सोही मन्त्रालयको जिम्मेवारी पाएकी थिईन् ।

जनता समाजवादी पार्टी कोशी प्रदेश नामाकरणको विरुद्धमा आन्दोलनमा रहेको छ । आज मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामाकरणलाई लिएर आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि जसपा सरकारमा सहभागी हुने तयार भएको हो ।

चर्चामा

सम्बन्धित समाचार