बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • देश
  • बुढीगंगा कृषि शाखाद्धारा महिला कृषक समुहलाई बिउ भण्डारण व्याग वितरण

बुढीगंगा कृषि शाखाद्धारा महिला कृषक समुहलाई बिउ भण्डारण व्याग वितरण

  • शुक्रबार, साउन १९, २०८०
बुढीगंगा कृषि शाखाद्धारा महिला कृषक समुहलाई बिउ भण्डारण व्याग वितरण

बाजुरा— बुढीगंगा नगरपालिका कृषि शाखाद्धारा महिला कृषक समुहलाई बिउ भण्डारण व्याग वितरण गरिएको छ । शुक्रबार नगरपालिकाको वडा नम्बर ५ कोटवाडामा रहेको कुल्देउ महिला समुहलाई ५० प्रतिशत अनुदानमा बिउ भण्डारणका लागि सुपरग्रिन व्याग वितरण गरेको नगरपालिकाले जनाएको छ । कुल्देउ कृषक समुहका २४ जना महिलालाई बिउ भण्डारणका लागि उक्त व्याग वितरण गरेको नगर उपप्रमुख माया कुवँरले बताएकी छन ।

उक्त व्यागमा गहु, मकै तथा धानको बिउ भण्डारण गर्नका लागि केहि अनुदानमा भएपनि कृषक समुहलाई वितरण गरिएको उपप्रमुख कुवँरले बताइन् । साे कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका सम्पूर्ण कृषक समुहलाई पनि अबको केहि दिनमा वितरण गर्न योजना रहेको उप प्रमुख कुवँरले बताइन् ।

व्याग वितरण कार्यक्रममा नगर उपप्रमुख माया कुवर,कृषि शाखा प्रमुख बिरेन्द्र बिष्ट, कृषक समुहका महिला तथा स्थानियलगायतको सहभागीतामा व्याग वितरण कार्यक्रको  गरिएको नगरपालिकाले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार