मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • देश
  • एकै महिनामा ११ लाख किलो गोलभेँडा भारत निर्यात

एकै महिनामा ११ लाख किलो गोलभेँडा भारत निर्यात

  • बिहिबार, साउन ११, २०८०
एकै महिनामा ११ लाख किलो गोलभेँडा भारत निर्यात

आर्थिक वर्ष २०७९/८० मा १० लाख ९४ हजार किलो गोलभेँडा भारत निर्यात भएको छ। सो परिमाणको गोलभेँडा निर्यातबाट नेपालले एक करोड ४९ लाख रूपैयाँ आम्दानी गरेको छ।

भन्सार विभागको तथ्यांकअनुसार उक्त परिमाणको गोलभेँडा असारमा मात्रै निर्यात भएको छ। गत साउनदेखि जेठसम्म भने यहाँबाट भारत निर्यात भएको छैन।

असारमा मात्रै भारतबाट पनि नेपालमा ५० लाख किलो गोलभेँडा आयात भएको विभागको तथ्यांकले देखाएको छ।आर्थिक वर्ष २०७८/७९ मा ४० किलो गोलभेँडा भारत निर्यात भएको थियो।

केही महिना अघिदेखि भारतमा गोलभेँडाको मूल्य आकाशिएको छ। एक महिनाअघिसम्म पनि भारतीय बजारमा गोलभेँडा किलोको एक सय २० देखि एक सय ५० भारूमा कारोबार भइरहेको थियो।

अहिले भने भारतको मुम्बईमा गोलभेँडा किलोकै दुई सय रूपैयाँमाथि पुगिसकेको त्यहाँको सञ्चार माध्यम द इकोनोमिक्स टाइम्सले दुईदिन अघि समाचार सम्प्रेषण गरेको छ।

भारतका केही सहरमा भने अहिले गोलभेँडाको मूल्य एक सय भारूभन्दा तल आइसकेको छ।

नार्गाजुन नगरपालिका–८ विशेष सदावहार कृषि फार्मका सञ्चालक सुजन श्रेष्ठले राजस्थानमा आएको आँधीले त्यहाँको गोलभेँडा खेतीमा क्षति पुगेपछि यहाँबाट निर्यात हुन थालेको बताए।आफूले उत्पादन गरेको अधिकांश गोलभेँडा वीरगञ्जका व्यापारीलाई पठाउने गरेको उनको भनाइ छ।

‘अहिले धेरेजसो नेपालका किसानको उत्पादन बोर्डरका व्यापारीले लैजान्छन्,’ उनले भने, ‘त्यहाँबाट भारतीय व्यापारीले लैजान्छन्।’साउनको पहिलो साता कालिमाटी तरकारी तथा फलफूल बजारमा लोकल साना गोलभेँडाको मूल्य प्रतिकिलो पाँचदेखि ६ रूपैयाँ र टनेल गोलभेँडा भने न्यूनतम ६ रूपैयाँदेखि १२ रूपैयाँ थियो।

यो मूल्य कालिमाटीका व्यापारीले किन्ने मूल्य हो। त्यतिखेर उपभोक्ताले भने प्रतिकिलो ३० देखि ३५ रूपैयाँमै पाइरहेका थिए।साउन पहिलो साता भने त्यहाँका व्यापारीले किन्ने मूल्य लोकल गोलभेँडा प्रतिकिलो न्यूनतम ३० देखि ५० रूपैयाँ पुगेको छ भने टनेल गोलभेँडा न्यूनतम ५४ देखि ७५ रूपैयाँ छ।

यो तथ्यांक हेर्दा एक महिनाको अवधिमा साना लोकल गोलभेँडा २५ देखि ४५ रूपैयाँसम्म पुगेको छ। त्यस्तै, टनेल गोलभेँडा भने ५० देखि ७० रूपैयाँसम्म पुगेको छ। अहिले बजारमा गोलभेँडाको खुद्रा मूल्य प्रतिकिलो ८० रूपैयाँदेखि एक सय रूपैयाँसम्म छ।

भरततर्फ गोलभेँडा जाने क्रम बढेको र यहाँ पनि उत्पादनमा कमी आउन थालेसँगै मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन्।

चर्चामा

सम्बन्धित समाचार