सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा:-प्रशासकिय अधिकृतले वडा अध्यक्ष विरुद्ध जातिय विभेद गरेकाे भन्दै जाहेरी दर्ता

बाजुरा:-प्रशासकिय अधिकृतले वडा अध्यक्ष विरुद्ध जातिय विभेद गरेकाे भन्दै जाहेरी दर्ता

  • शुक्रबार, असार २९, २०८०
बाजुरा:-प्रशासकिय अधिकृतले वडा अध्यक्ष विरुद्ध जातिय विभेद गरेकाे भन्दै जाहेरी दर्ता

बाजुरा–बडिमालिका नगरपालिका – ६ का वडा अध्यक्ष  कृष्ण खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दर्ता भएको छ । वडा अध्यक्ष कृष्ण खड्का विरुद्ध जातियता विभेद गर्न नहुने कसुर सम्बन्धि मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहाराले वताएका छन् ।

बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रगंमल विकले वडा अध्यक्ष खड्काले कार्यलय समयमा जातियविभेद गरेकाे अपचशब्द बाेलेकाे भन्दै प्रहरीकहाँ निवेदन दिएकाे थियाे ।

केही साता अगाडी अध्यक्ष खड्काले प्रमुख प्रशासकिय अधिकृत विक बिच याेजनाका बारेमा विवाद भएकाे थियाे । बिवादका क्रममा वडा अध्यक्ष खड्काले कार्यकारीको कार्यकक्षमै कार्यकारी विकलाई अपशब्द प्रयोग गर्दै गाली गलौज दिदै ज्यान मार्न धम्की दिएको जाहेरीमा उल्लेख रहेकाे छ ।

जातिय विभेद तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ दफा ४ को उपदफा २,३,४,५,६ वा ७ बमोजिम कसूर गर्ने व्यक्तिलाई तिन महिना देखी तिन बर्ष सम्म कैद र पचास हजार रुपैयाँ देखी दुई लाख सम्म जरिवाना व्यबस्था रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार