सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराको मालीका माबि नुमना बिद्यालय, निजि छाडेर पढ्न आउने विद्यार्थीको घुईचो

बाजुराको मालीका माबि नुमना बिद्यालय, निजि छाडेर पढ्न आउने विद्यार्थीको घुईचो

  • शुक्रबार, असार २२, २०८०
बाजुराको मालीका माबि नुमना बिद्यालय, निजि छाडेर पढ्न आउने विद्यार्थीको घुईचो

 टेकबहादुर बुढा,बाजुरा — बाजुरा सदरमुकाम मार्तडी स्थित मालिका नमुनामावि सुदूरपश्चिमकै नमुना सामूदायिक विद्यालयको रुपमा अगाडि बढीरहेको छ । विद्यालयले शैक्षिक गुणस्तरमा सुधार गर्दै गएपछि हरेक वर्ष निजीनिजि छाडेर यहाँआउने विद्यार्थीको संख्या बढ्दै गएको छ ।

शैक्षिकशत्रको ३महिनामा मात्रै निजि तथा सामाुदाियक छाडेर यो विद्यालयमा ३ सय बढी विद्यार्थीहरु निजिबिद्यालय छोडेर अध्ययन गर्न आएको मालिका माबिका प्रअ शुभराज पाध्यायले वताएका छन् । मालिकाले शिशु तहदेखि कक्षा १० सम्मदुवै माध्ययमअंग्रेजी र नेपाली माध्यममा पठनपाठन संचालन गरेपछि यो विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दो छ ।

सुदूरपश्चिमको बैतडी, धनगढी, कन्चनपुर, दार्चुला, बझाङ, अछाम, डोटी, कणर्ालीप्रदेशको मुगु र पुर्वको सिराह जिल्लाबाट समेत यस विद्यालयमा विद्यार्थीहरु अध्ययनगर्न आएको विद्यालयले जनाएको छ ।

जिल्लाबाहिर निजि बिद्यालयमा पढन गएकाहरु पनि मालिका नमुना उच्चमाबिमाआउने गरेका छन् ।
बालविकास केन्द्रदेखि १२ कक्षासम्म पठनपाठन हुने गरेको यस विद्यालयमा शिशु तहदेखि १० कक्षासम्म अंग्रेजी र नेपाली माध्ययममा पढाई हुने गरेको छ ।

जिल्लाको सदरमुकाममा अवस्थित यस विद्यालयमा निजिबोडिङ सरह पढाई हुन् थालेपछि यस विद्यालयमा भर्ना हुनेको संख्या बढ्दो छ । ६ देखि १० कक्षासम्म विद्यार्थीको घुइँचो बढी छ ।

विद्यालयले पनि विद्यार्थीहरुको पठनपाठनलाई मध्येनजर गर्दै एउटै कक्षाका ४ वटासम्म सेक्सन बनाएर पठनपाठन गराईरहेको छ । कक्षा ११र १२ मा ब्यवस्थापन, मानविकी, विज्ञान, शिक्षाविषयका अलगअलग संकायमा पठनपाठन भईरहेका छन् ।

विद्यालयले १८ महिने सवओभरसियर र ३ वर्षे डिप्लोमा ओभरसियर शिक्षासमेत सहुलियत शुल्कमा उपलव्ध गराउँदै आएको छ । उच्चशिक्षा अध्ययन गर्न सुदूरपश्चिमका मात्रनभई कणाली प्रदेशको मुगु र मधेस प्रदेशको सिराहसम्मका विद्यार्थीहरू मालिकामा अध्ययन अध्यापन गरिरहेका छन् ।

१६ वटा सूचकका आधारमा नमुनाका रुपमा स्थापितयस विद्यालयमा हाल २ हजार ३ सय ५५ विद्यार्थीहरुअध्ययनरत रहेका छन् । सुदूरपश्चिमकै विकट जिल्लाका रुपमा रहेको बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित यस विद्यालयमा विद्यार्थी संख्या, जनशक्ति, भौतिकपूर्वाधार, प्रयाप्त खेल मैदानको उपलब्धता र हरेक वर्ष शैक्षिक नतिजाका आधारमा सुदूरपश्चिममै अग्र स्थानमा आफुलाई स्थापित गरेको छ ।

विद्यालयमा ६ देखि १० सम्मका सवै विद्यार्थीहरुका लागि आइसिटि जडान, पुस्तकालय, प्रयोगशाला, बालमैत्री र अपांगमैत्री पूर्वाधारलगायतको राम्रो ब्यवस्थापन छ । वर्सेनीथपिने विद्यार्थीहरुको चापकाका कारणपूर्वाधार थप्नबिद्यालयलाई आर्थिक व्यस्थापन चुनौतिपूणर् हुन थालेको विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायको भनाई छ ।

हिमाली जिल्लामा ४५ जना विद्यार्थी संख्याको आधारमा एक जना शिक्षक हुनु पर्ने शिक्षा नियमावलीमा ब्यबस्था छ । तर यहां एक जना शिक्षकले एक कक्षामा सय बढि विद्यार्थीलाई धान्नु परेको छ ।
विद्यालयमा शिक्षक-कर्मचारी ६३ जना छन । यिनमा २३ जना स्थायी दरबन्दीका शिक्षक छन । २१ जनालाई पूणर्कालिन सेवामा विद्यालयले आफ्नै स्रोतमा ब्यवस्थापन गरिरहेका छ । अन्यअस्थायी, करार र राहत सेवाकाशिक्षकहरू छन् ।

बाजुरामा ६२ सामुदायिक माध्यमिक विद्यालय सञ्चालनमा छन् । तिमध्ये मालिकाले जिल्लामाआयोजना हुने खेलकुदका प्रतियोगिताहरू लगायत अतिरिक्त क्रियाकलापहरूमा निरन्तर पहिलो स्थान ल्याउने गरेकाले विद्यालयको नाम देशभरी परिचितहुँदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार