शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • प्रमुख प्रशासकिय अधिकृत विकले भने वडाअध्यक्षले आफु माथि ज्यान मार्ने धम्कि दियो

प्रमुख प्रशासकिय अधिकृत विकले भने वडाअध्यक्षले आफु माथि ज्यान मार्ने धम्कि दियो

  • बिहिबार, असार १४, २०८०
प्रमुख प्रशासकिय अधिकृत विकले भने वडाअध्यक्षले आफु माथि ज्यान मार्ने धम्कि दियो

बाजुरा–बडीमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रङ्गमल विकले आफु माथि ज्यान मार्ने धम्कि दिएको वताएका छन् । आफ्नै कार्यकक्षमा बडीमालिका नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण बहादुर खड्काले प्रक्रिया नमिलेको रकम भुक्तानि नगरेको भन्दै ज्यान मार्ने धम्कि दिएको विकले बडीमालिका खबर सँग बताएका छन् ।

बिकले भने बुधवार आफ्नै कार्यकक्षमा नगरप्रमुख अम्मर बहादुर खड्का, वडा नम्बर ७ का वडाअध्यक्ष तथा नगरप्रबक्ता धर्मराज पाध्याय भएकै बेला वडा अध्यक्ष खड्काले पटक पटक आक्रमण गर्ने खोजेको वताएका छन् । दुइपटक आफु माथि आक्रमणको प्रयास भएको थियो, २० गते सम्म भुक्तानि नदिए मार्ने समेत धम्कि दिएको उनले वताए ।

नगरपालिकाको समन्वय तथा सम्झौता बिनाको रकम भुक्तानि गर्न वडा अध्यक्षले दबाफ दिएको विकले वताए । आफुले कानुनि प्रक्रिया नमिलेको भन्दै गर्दा आक्रमणको प्रयास भएको उनले वताएका छन् । उता वडा अध्यक्ष कृष्ण बहादुर खड्काले भने जनताले काम गरेको रकम भुक्तानि दिन भनेको हु, मेरो कुनै ब्यक्तिगत योजना हैन्, योजनाको रकम भुक्तानि नदिने भनेपछि प्रमुख प्रशासकिय अधिकृत सँग विवाद भएको वताएका छन् ।

नगरप्रमुख अम्मर बहादुर खड्काले दुइजना बिच विवाद भएको वताएका छन् । योजनाहरुको केही प्रक्रिया बारे विवाद भएको त्यसलाइ अतिरञ्जित गर्न आबश्यक नभएको वताएका छन् । वडा अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत विच सामान्य विवाद भएको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार