बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाज
  • राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट पत्रकार सिंह सम्मानित

राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट पत्रकार सिंह सम्मानित

  • बिहिबार, असार ७, २०८०
राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट पत्रकार सिंह सम्मानित
बाजुरा–राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट पत्रकार प्रकाश सिंह सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले सिंहलाई नगद ५० हजार सहित सम्मानित गरेको छ । सिंहले युवाका क्षेत्रमा कलम चलाएको भन्दै सम्मानित गरेको हो । सिंह बडीमालिका खबरका सम्पादक हुन् । त्यस्तै दि हिमालयन टाईम्स र नेपाल टेलिभिजनमा पनि कार्यरत रहेका छन् ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले दोसल्लाह उडाएर सम्मान पत्र दिएर सम्मान गरेको छ । सिंह सहित चार जना पत्रकारलाई राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको हो । समाचार सम्प्रेषण गरी युवा विकासमा महत्वपुर्ण योगदानको कदर गर्दै मन्त्रालयले सम्मान गरेको मन्त्रि लिम्बुले वताएका छन् ।
सिहं दि हिमालयन टाईम्समा बिगत एक दशक बढी समय देखी काम गरिरहेका छन् । सिंहले बाजुरा जस्तो क्षेत्रमा रहेर पछाडी परेका वर्गका बारेमा कलम चलाएको भन्दै उहाँलाई सम्मानित गरेको मन्त्रालयले जनाएको छ । साथै राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट पत्रकारलाइ हौसला स्वरुप तथा पत्रकारीता पेशामा निरन्तरताका लागि सम्मान गरेको मन्त्रालयले जनाएको छ ।
सिंह बाजुरामा एक दशक देखि पत्रकारिता पेशामा आबद्ध रहेको छन् । पत्रकारीता मात्र नभई बाजुराका दिन दुःखीको मानव सेवामा समर्पित छन् । उनले पत्रकारीता सँगै बेसाहारा शाहाराबिहिन १ सय बढी वालवालिकाको उद्धार गरिसकेका छन् । त्यति मात्र नभई उनले उपचार नपाएर अलपत्र रहेका एक सय भन्दा बढिलाई आर्थिक संकलन गरि नयाँ जिवन दिनमा समेत सहयोग गरेका छन् । प्रकाशले  पत्रकारिता पेशासंगै  मानव सेवाको माध्यामवाट आफ्नो क्यारियर पनि उत्तिकै  चौडा वनाएको स्थानियले वताएका छन् ।
 स्वास्थ्यकर्मीको पृष्ठभुमि बोकेका प्रकाश यतिवेला समाचार  अनि सामाजिक अभियान मार्फत बाजुराका दर्जनौ मानिसलाई लाखैं रुपैंया बराबरको  सहयोग गरेका छन् । गरिव, अशाह्य र अशक्त भएकै कारण स्कुल छोडेका वालवालिकाको उद्धार पनि उत्तिकै गरेका छन् । समाजमा कतिपय मानिस आफु वांच्न हरेक तिक्डम गर्छन् तर, प्रकाश भने बैठकमा उपस्थित भएबापत  पाउने भत्ता पनि असाह्य महिलालाई सहयोग गर्दै आएको पत्रकार महासंघ बाजुरा शाखाका संस्थापक अध्यक्ष दयाराम पण्डितले वताए ।
बिगत एक दशक देखी  पत्रकारिता र मानवअधिकारका क्षेत्रमा काम गर्दै आएका प्रकश दुर्गम गाँउ बस्तिमा पुगेर मानवअधिकारको वकालत र पैरवी गर्दै आएका छन्  । पछिल्लो समयमा दुखी विरामी पत्ता पलागाउनु र सामाजिक सञ्जाल मार्फत सहयोग अभियान चलाउनु संकलित रकमबाट मानव सेवामा लगानी गर्नु उनको दैनीकी बनेको छ ।

चर्चामा

सम्बन्धित समाचार