बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • प्रदेश ७
  • गाडी दुर्घटनामा परेका मन्त्री सिंहको पनि मृत्यु

गाडी दुर्घटनामा परेका मन्त्री सिंहको पनि मृत्यु

  • मङ्लबार, असार ५, २०८०
गाडी दुर्घटनामा परेका मन्त्री सिंहको पनि मृत्यु

अर्थ जङ्ग शाही/बझाङ— सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ। बझाङ प्रहरीका अनुसार उनको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

मंगलवार धनगढीबाट बझाङ जाँदै गरेका मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो। उनी सवार प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना हुँदा श्रीमती अमृतादेवी र भाउजु जानकीको घटना स्थलमा मृत्यु भएको थियो। मन्त्री सिंहलाई उपचारका लागि हेलिकोप्टरमा नेपालगञ्ज लिइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो। उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीको भने उपचार हुँदैछ।

धनगढीबाट मन्त्री सिंहसंगै उनका छोरा अभिषेक पनि साथीसंगै बझाङ गएका थिए । तर अभिषेक भने मन्त्रीको गाडीको पछाडि अर्को गाडीमा सवार थिए । स्कर्टिङमा रहेको प्रहरी र अर्को गाडीमा रहेका अभिषेक सहितको टोलीले दुर्घटनाग्रस्त गाडीबाट मन्त्री सहित सबै घाईतेहरुलाई निकालेका थिए ।

घट्नास्थलबाट स्कर्टिङमा खटिएको प्रनानी सुशिल चन्द ठकुरीको टोलीले उद्दार गरी सिंह सहित पाँचै जनालाई देउरास्थित रितु पोलिक्लिनिकमा पु¥याएको थियो । जहाँ उपचारकै क्रममा मन्त्री सिंहकी पत्नी अमृता र भाउजु जयालाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

चिकित्सकले सुरक्षा अधिकारीहरुलाई पनि मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउजु जयाको मृत्यु भईसकेकको जानकारी गराई सकेका थिए । तर त्यहाँ दुई जनाको मृत्यु भएको घोषणा गरिएपनि सिंह हाई प्रोफाईलका भएकोले उनलाई मृत घोषणा गर्ने जोखिम पोलिक्लिनिकमा कार्यरत एमबीबीएस चिकित्सकले मोलेनन ।

  प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुलाई पनि सिंहको मृत्यु भईसककेको कुरा जानकारीमा आईसकेको थियो । प्रदेश सरकारले आफ्ना तर्फ गर्नुपर्ने अन्तिम कोसिस गरेकाे भए पनि सम्भव भएन ।  सिंहलाई त्यही अवस्थामा हेलिकोप्टरबाट कोहलपुर मेडिकल कलेज लगियो । जहाँ चिकित्सकले सिंहको मृत्यु भईसकेको घोषणा गरेकाे छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार