शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • चेतनदिप ऐडीको हत्यामा संलग्न आरोपीत नेपाली काँग्रेस नेता रनसिहं ऐडी प्रकाउ

चेतनदिप ऐडीको हत्यामा संलग्न आरोपीत नेपाली काँग्रेस नेता रनसिहं ऐडी प्रकाउ

  • शुक्रबार, असार १, २०८०
चेतनदिप ऐडीको हत्यामा संलग्न  आरोपीत नेपाली काँग्रेस नेता रनसिहं ऐडी प्रकाउ

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाजुरामा विभत्स हत्या गरिएका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष चेतनदिप ऐडीको हत्यामा संलग्न एक जनालाई आज धनगढीबाट पक्राउ गरिएको छ ।

उक्त घटनाका मुख्य आरोपी रनसिंह ऐडीलाई धनगढी बसपार्क पछाडिको एक घरबाट अनेरास्ववियु र राष्ट्रिय युवा संघ कैलालीका युवाहरूले पक्राउ गरेका हुन् । प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी प्रहरीलाई नै बुझाइएको उनीहरूले जनाएका छन् । घटनापछि फरार उनी लामो समयदेखि धनगढीमा लुकेर बसेको थाहा पाएपछि युवाहरूले पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन् ।

मंसिर ४ गते जिल्लाको त्रिवेणी नगरपालिका-७ मा कुटपिटबाट ३२ वर्षीय ऐडीको हत्या गरिएको थियो । घटनामा विभत्स हत्या गर्ने २२ जनाविरुद्ध अहिले मुद्दा रहेको छ । उनीहरुमध्ये अझै केही फरार रहेका छन् । धनगढी बसपार्कबाट ऐडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले पुष्टि गरे ।

चर्चामा

सम्बन्धित समाचार