शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • उपचार अभाबमा अलपत्र बाजुराकाे बडिमालिका ५ का ओमु मिजारले पाए उपचार

उपचार अभाबमा अलपत्र बाजुराकाे बडिमालिका ५ का ओमु मिजारले पाए उपचार

  • बिहिबार, जेष्ठ ३२, २०८०
उपचार अभाबमा अलपत्र बाजुराकाे बडिमालिका ५ का ओमु मिजारले पाए उपचार

बाजुरा–बाजुराको बडिमालिका नगरपालिका ५ का १२ बर्षिया ओमु मिजारले काठमाडौमा उपचार पछि सञ्चो भएको छ । उनि जन्मेदेखी साहारा बिहिन रहेका छन । ओमुको पिसाब थैलीमा पत्थरीया भएको भन्दै बयलपाटा अस्पताल र बाजुरा अस्पतालले अप्रेसनका लागि रिफर गरेको भएपनि पैसा नहुदा अलपत्र थिए ।

उनि अलपत्र रहेको समाचार बडीमालिका खबरमा प्रकाशित पछि उनको काठमाडौमा उद्धार पछि उपचार भएको छ । उनको काठमाडौमा रहेको शान्ति सेवा गृहले बिर अस्पतालमा अप्रेसन तथा उपचार गरेको संस्थाका कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् । उनको पिसाब थैली बाट ३२ एम एमको स्ट्रोन निकालेको चिकित्सकले वताएका छन् ।

लामो समय देखी पैसा नपाएर अलपत्र रहेको बडीमालिका नगरपालिका महिला शाखाको टिमले बडिमालिका खबरलाइ जानकारी पछि उनको उद्धार भएर उपचार भएको हो । बडीमालिका नगरपालिकाको वडामा सञ्चालन भएको शिबिरमा ओमु अलपत्र रहेको जानकारी पाएको महिला शाखामा कार्यरत कर्मचारी बिन्दु बडालले वताईन् । महिला शाखाले सहयोगका लागि बडीमालिका खबर सँग आग्रह गरेको थियो ।

समाचार प्रकाशित पछि बडिमालिका नगरपालिका महिला शाखा बाट १२ हजार सहयोग भएको शाखाकि कर्मचारी शोभा शाहीले वताईन् । पुर्व सचिब तथा सामाजिक अगुवा भिम उपाध्याय मार्फत आशा गुरुङ्गले १० हजार, नरेश चौधरी बाट १७ सय १७, अनिता केसी बाट २ हजार र एकजना बाट ५ सय गाडि भाडा तथा उपचारमा सहयोग भएको थियो । त्यस्तै एकजना समाजसेवी बाट २ जहार र विर बहादुर बिष्ट बाट ५ सय ५५ सहयोग भएको थियो ।

ओमुको उपचार भएपछि बज्यै कलशा चादाराले खुशी हुदै सबैलाइ धन्यवाद दिइन् । आफुले बयलपाटा अस्पतालमा उपचारमा लिदा रिन मागेको २ हजार तिर्न सकेको थिएन्, काठमाडौमा ल्याएर कहाँ नातिको उपचार हुने थियो, अहिले पत्रकार देखी सबैको सहयोगले नातिले उपचार पाएको कलशाले वताईन् ।

ओमुका बुवा र आमा पन्ध बर्ष पहिले भारतमा गएका र उनि पनि भारतमै जन्मीएका आफन्तहरुले बताएका छन । उनी साहारा बिहिन बनेपछी उनका गाउँका केही ब्यक्तीहरुले उनलाई लामो समय सम्म भारतको दिल्लीमै पालन पोषण गरे । त्यसपछि उनलाई ४ बर्ष पहिले भारतबाट घर ल्याएर घरमा ओमुकी एक्ली बुढि बज्यैको साहार पाएका थिए । बज्यैको उमेर ढल्किदै गएपछी उनको पठनपाठन त टाढाको कुरा भयो के खाने भन्ने चिन्तामा रहेका छन ।

उनी जन्मीएको ३ महिनामै बुवा छन्चरे मिजार ब्यपत्ता भए र आमाले पनि उनलाई छोडेर अर्कैसंग बिबाह गरेर गएपछी ओमु साहारा बिहीन बनेको बडिमालिका नगरपालिका ५ का वडा अध्यक्ष धरमपाल मिजारले बताए । हाल उनि बुढि बज्यैको साहारामा रहेका भए पनि आर्थिक श्रोत नुहदा पठन पाठन देखी खान बस्न समस्या रहेको वडाअध्यक्ष मिजारले बताए ।

चर्चामा

सम्बन्धित समाचार