बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाचार
  • गेटामा संघर्ष समितिले राख्यो मेडिकल विश्वविद्यालयको बोर्ड

गेटामा संघर्ष समितिले राख्यो मेडिकल विश्वविद्यालयको बोर्ड

  • शुक्रबार, जेष्ठ २६, २०८०
गेटामा संघर्ष समितिले राख्यो मेडिकल विश्वविद्यालयको बोर्ड

धनगढी– गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलित भएको संघर्ष समितिले विश्वविद्यालयको बोर्ड राखेको छ ।

गेटा मेडिकल कलेजको मुख्य गेटमा बिहीबार संघर्ष समितिले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको बोर्ड राखेको हो ।

२९ माघमा मन्त्रिपरिषद बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत गेटालाई विश्वविद्यालयका रुपमा अघि बढाउने उल्लेख गरेको थियो ।

तर १५ जेठमा प्रतिनिधिसभामा प्रस्तुत भएको बजेटमा भने सरकारले गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएको छ ।

सरकार आफ्नै निर्णयबाट पछि हटेको र मेडिकल कलेज सञ्चालन गर्न नदिने षड्यन्त्र भएको भन्दै शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणार्थ गठित संघर्ष समितिले आन्दोलनमा उत्रिएको छ ।

संघर्ष समितिले बिहीबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म अत्तरिया बजारसहित गोदावरी नगरपालिका क्षेत्र बन्दसमेत गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार