बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाज
  • आज पहाडी भू–भागमा क्षणिक वर्षा, तराईमा ‘लू’ को सम्भावना

आज पहाडी भू–भागमा क्षणिक वर्षा, तराईमा ‘लू’ को सम्भावना

  • मङ्लबार, जेष्ठ २३, २०८०
आज पहाडी भू–भागमा क्षणिक वर्षा, तराईमा ‘लू’ को सम्भावना

धनगढी– हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ।आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति भने कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको ‍एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। विशेष गरी मध्य तथा पूर्वी तराईका भू–भागहरूमा अधिकतम  तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भू–भागहरूमा तातो हावा (लू)चलिरहेको महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार