बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बस्दै

  • मङ्लबार, जेष्ठ १६, २०८०
संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बस्दैछ । संघीय संसद् सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजे बस्नेछ ।

सो पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि उपस्थित हुनेछन् । अघिल्लो संसद् अधिवेशनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन ।

गत सोमबार सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भए पनि एक साता भित्र टुंग्याउन दलहरूलाई निर्देशन दिइसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार