बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • अनेमसंघ क्रान्तीकारी बाजुराको जिल्ला भेला सम्पन्न

अनेमसंघ क्रान्तीकारी बाजुराको जिल्ला भेला सम्पन्न

  • आइतवार, जेष्ठ १४, २०८०
अनेमसंघ क्रान्तीकारी बाजुराको जिल्ला भेला सम्पन्न

बाजुरा– नेकपा माओबादी केन्द्र निकट अखिल महिला संघ क्रान्तीकारी बाजुराको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । सदरमुकाम मार्तडीमा सनिबार भेला सम्पन्न भएको हो ।
दोस्रो जिल्ला भेलाले जलुदेवी बुढा(जानकी) संयोजक रहने गरी समिती गठन गरिएको अनेमसंघ क्रान्तीकारी बाजुराले जनाएको छ । भेलाले जलुदेवी बुढा(जानकी) संयोजक, सबिना शाही सहसंयोजक, संगिता नेपाली सचिव लगायत २१ सदस्यि समिति बनेको जनाएको छ ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी )बाजुरा जिल्लाको दोस्रो भेला संगठनका जिल्ला संयोजक जलु बुडाको अध्यक्षतामा संचालन गरिएको थियो भने कार्यक्रमको प्रमुख नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी कोसाअध्यक्ष एवं अनेम संघ (क्रान्तिकारी्) केन्द्रीय सदस्य कमल शाह को प्रमुख आथित्यमा भेला सम्पन्न भएको जनाएको छ । भेलाले प्रत्येक महिला सदस्यरु लाई आत्मनिर्भर ,र आर्थिक रुपमा बलियो बन्न अनिबार्य ब्यबसाय र उध्धोगमा जोडिनु पर्ने निर्देशन सहित भेला सम्पन्न भएको अनेम संघ (क्रान्तिकारीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार