बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकामा ६ बर्ष देखी सडकको छेउमै डम्पीङ साइड

बडिमालिकामा ६ बर्ष देखी सडकको छेउमै डम्पीङ साइड

पलाष्टिकको धुवाले क्यान्सर हुने खतरा

  • सोमवार, जेष्ठ १, २०८०
बडिमालिकामा ६ बर्ष देखी सडकको छेउमै डम्पीङ साइड

बाजुरा– बडिमालिका नगरपालिकाले ६ बर्ष देखी सडकको छेउमै खुला ठाउँमा डम्पीङ साइड बनाएर सञ्चालनमा ल्याइरहेको छ । सदरमुकाम मार्तडीमा रहेको फोहोर नगरपालिकाले उठाएर त्यहि छेउमै फालेर वाताबरण दुर्गन्धित बनाइरहेको छ । साँफे मार्तडी सड्क खण्डको थुवाँखाद छेउमै नगरपालिकाले खुला ठाँउमा ६ बर्ष देखि फोहोर फालिरहेको छ ।
फोहोर मैला ब्यबस्थापन ऐन २०६८ को मा फोहोर मैला ब्यबस्थापनको जिम्मा स्थानिय तहलाई रहेको छ । स्थानियको सहमति र वाताबरणमा असर नपर्ने गरी ब्यबस्थापन गर्नु पर्ने ऐनमा उल्लेख रहेको छ । तर नगरपालिकाले भने मानवलाई प्रत्यक्ष असर पार्ने गरि सडकको छेउ किनारामा डम्पीङ साइड बनाइरहेको स्थानिय अम्मर बहादुर दानीले वताएका छन् ।
डम्पीङ साइड ठाँउमा तल बाहुली नदि रहेको छ । माथि मुल सडक रहेको छ । मार्तडी बाट फोहोर बोकेर टिफरले सडक बाट तल फाल्ने गरेको छ । पलाष्टिक जन्य पदार्थ पनि त्यहाँ फालेर बाल्ने गरेका छन् । पलाष्टिको धुवाँले क्यान्सर बनाउने सबै भन्दा खतरा हुने चिकित्सक बताउँछन् । सडकको छेउमै खुला ठाँउमा फोहोर फाल्नु र जलाउनुले स्वास्थ्यमा गम्भिर असर हुने वताए । पलाष्टिकको धुवा समेत उडिरहेको छ, यसले वाताबरणमा निकै असर पार्ने स्वास्थ्य कर्मीहरु बताउछन ।
सदरमुकाम मार्तडी र चौराटा गाउँ पनि डम्पीङ साइडको नजिकै रहेकोले धुवाँले मानव वस्तिमा समेत असर गर्ने गरेको छ । सडकमा आवतजावत गर्दा त दुर्गन्धित नै छ, तर पलाष्टिको धुवाँले मानवबस्तिमा समेत र वातावरण असर पारिरहेको स्थानियले वताएका छन् । अर्को नजिकै बाहुली खोला भएकाले फोहोर बगेर नदिमा मिसिने गरेको छ । बाहुली हुदै बुढिगंगा नदि सम्म असर पार्ने गरेको छ । यसको चाडै ब्यबस्थापन नभए नदि समेत दुर्गन्धित हुने रहेको छ । बडिमालिका नगरपालिका ९ मा यो क्षेत्र पर्ने गरेको छ ।
डम्पीङ साइडको वाताबरणीय प्रभाब मुल्याकंन गरेको नगरपालिकाले जनाएको भएपनि कार्यनवयन भने नभएको पाईएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रङ्गमल बिकले भने खुला ठाउँमा फोहोर फालिरहेको स्वीकार गरेका छन् । अहिले फालिरहेको नजिकै चौरमा डम्पीङ साइड बनाउने गरि दुई बर्ष सडक निर्माण गरेको भएपनि बाहुली खोलाले सडक बगाएर उक्त ठाउँमा बनाउन नसकेको वताए । चाडै सडक निर्माण गरेर डम्पीङ साइडलाई ब्यवस्थापन गर्ने बिकले वताए ।

चर्चामा

सम्बन्धित समाचार