बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा जिल्लामा पहिलो कापी उद्योग स्थापना

बाजुरा जिल्लामा पहिलो कापी उद्योग स्थापना

  • बुधबार, बैशाख २७, २०८०
बाजुरा जिल्लामा पहिलो  कापी उद्योग स्थापना

बाजुरा– जिल्लाको सदरमुकाम मार्तडीमा कापी बनाउने उध्योग संचालनमा ल्याइएको छ । बुधबार एक कार्यक्रमका बिच कापी उध्योगको उद्धघाटन गर्दै संचालनमा ल्याईएको हो । बडिमालिका कापी उध्योग नाम रहेको सो उध्योगको बडिमालिका नगरपालिका नगर उप प्रमुख नन्दा थापाद्धारा उद्धघाटन गरिएकाे छ ।

कापी उध्योगले बाजुराको बिकासमा एक इटा थपिएको प्रमुख अतिथि समेत रहेकी बडिमालिका नगरपालिका उप प्रमुख थापाले बताएकी छन । बाजुराका केही युवाहरुले सो उध्योगमा रोजगार पाउने आशा समेत रहेकाे उनकाे भनाइ रहेकाे छ ।  कच्चापदार्थ बाह्य मुलुकबाट ल्याउनेपर्ने बाध्यात्मक परिस्थिति छ, तैपनि उद्योगी व्यवसायीहरुहरूले उद्योग स्थापना गरेकाे यो सकारात्मक कुरा हो,’ उप प्रमुख थापाले भनिन । जिल्लाका विद्यालयहरुमा बाहिरबाटै कापी ल्याउनु पर्ने बाध्यता अव केहि हदसम्म भएपनि हट्ने विश्वास उप प्रमुख थापाकाे बिस्वास रहेकाे छ ।
बडिमालिका नगरपालिकाको कारागार नजिकै सो उध्योग संचालनमा ल्याएको संचालक महेश शाहीले बताए । घरेलु तथा साना उध्योग कार्यालय बाजुराको अनुदान र २० प्रतिशत ब्यक्तीगत खर्चमा कापी उध्योग संचालनमा ल्याएको संचालक शाहीले बताए । २० प्रतिशत ब्यक्तीगत लगानी र घरेलु तथा साना उध्योग कार्यालयको अनुदान गरी करिव १६ लाखमा कापी उध्योग स्थापना गरिएको शाहीले बताए । जिल्लामै पहिलाे  अत्याधुनिक प्रविधि सहितको कापी उद्योग खुलेको संचालक शाहीले बताएका छन।
अनुदानबाट प्राप्त सबै रकम मेशीन तथा उपकरणहरु लगायत  कच्चा पदार्थ खरिद गरि १६ लाख २० हजार भन्दा बढि लगानीमा सो उध्योग संचालनमा ल्याएको उनले बताए ।

कापी उध्याेग  स‌चालक महेश शाहीकाे अध्यक्षतामा संचालन भएकाे  कार्यक्रमकाे कापी उध्याेग उद्धघाटन कार्यक्रमकाे प्रमुख अतिथि बडिमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापा रहेकी थिइन । उध्याेगकाे उद्धघाटन कार्यक्रममा बडिमालिका नगरपालिका वडा न ८ का वडाअध्यक्ष  चन्द्र थापा, ९का वडाअध्यक्ष सूर्यकिरण बि.क. र घरेलुु तथा साना उद्योग कार्यालय प्रमुख  मानबहादुर चाड बिशिस्ट अतिथिकाे रुपमा रहेका थिए ।  कार्यक्रमकाे संचालन साहित्यकार तथा समता स्कुलका शिक्षक जस बहादुर रावलले गरेका थिए ।

उद्योग स्थापनाको अवसरमा सदरमुकाम मार्तडीमा रहेकाे समता स्कुलका बिध्यार्थीहरुलाइ   कापी हस्तान्तरण गरिएको उद्योगका सञ्चालक महेश शाहीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार