बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • आजको मौसम : सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा पानी पर्ने

आजको मौसम : सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा पानी पर्ने

  • बुधबार, बैशाख २०, २०८०
आजको मौसम : सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा पानी पर्ने

बाजुरा– हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । जसका कारण सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीरही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागमा एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

राति भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार