मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा ३१ लाख खर्चेर खरिद गरिएका सफ्टवेयर प्रयोगविहीन

सुदूरपश्चिममा ३१ लाख खर्चेर खरिद गरिएका सफ्टवेयर प्रयोगविहीन

  • आइतवार, बैशाख १७, २०८०
सुदूरपश्चिममा ३१ लाख खर्चेर खरिद गरिएका सफ्टवेयर प्रयोगविहीन

धनगढी– ३१ लाख खर्चेर खरिद गरिएका सफ्टवेयर अझै प्रयोगमा आएका छैनन्। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले युवा तथा स्वयंसेवक पोर्टलका लागि ९ लाख ८८ हजार खर्च गरेको हो। त्यस्तै छात्रवृत्ति पोर्टलका लागि चार लाख ९४ हजार र सामाजिक सूचना व्यवस्थापन प्रणाली पोर्टल निर्माण तथा सञ्चालनका लागि १६ लाख सात हजार खर्च गरेको थियो।

विगतका वर्षमा ३० लाख ८९ हजार खर्च गरेको देखिएको छ। तर, छात्रवृत्ति पोर्टलबाहेक अन्य सफ्टवेयर सञ्चालनमा छैनन्। राज्य कोषको ठुलो रकम खर्चेर खरिद गरिएका सफ्टवेयर प्रयोगमा नआउनु कैफित भएको महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले खरिद गरिएका सफ्टवेयर सञ्चालन गर्न सुझाएको छ। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार