शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • जनकपुरधाम सांस्कृतिक महोत्सव सम्पन्न

जनकपुरधाम सांस्कृतिक महोत्सव सम्पन्न

  • शनिबार, बैशाख १६, २०८०
जनकपुरधाम सांस्कृतिक महोत्सव सम्पन्न

धनुषा–जनकपुरमा ‘जनकपुरधाम सांस्कृतिक महोत्सव’ सम्पन्न भएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले भारतीय महावाणिज्य दूतावास, वीरगन्जको सहकार्यमा जनकपुरस्थित मिथिला यात्री निवासमा सो महोत्सवको उद्घाटन मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले गरेका थिए ।
महोत्सवको मुख्य आकर्षण मैथिली फुड फेस्टिभल र लोक सांस्कृतिक कार्यक्रम थियो । मैथिली फुड फेस्टिभलमा ८४ प्रकारका परम्परागत मैथिली परिकार राखिएका थिए । अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउन कोदोबाट बनेका स्थानीय परिकार कार्यक्रमको विशेष आकर्षणको रूपमा रहेको थियो ।

कार्यक्रममा लोक सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । सो कार्यक्रममा कलाकारहरूले भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न भजन, राग र भरतनाट्यम नृत्य प्रस्तुत गरेका थिए । मिथिला नाट्य कला परिषद् (मिनाप) का कलाकारहरूले मैथिली लोक गीत तथा नृत्य प्रस्तुत गरेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार