• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा केन्द्रविन्दु भएर निरन्तर भूकम्पकाे पराकम्पन

बाजुरा केन्द्रविन्दु भएर निरन्तर भूकम्पकाे पराकम्पन

  • शुक्रबार, बैशाख १५, २०८०
बाजुरा केन्द्रविन्दु भएर निरन्तर भूकम्पकाे पराकम्पन

बाजुरा– नेपालको पश्चिमी भाग बाजुरा केन्द्रविन्दु भएर शुक्रबार रातिदेखी निरन्तर भूकम्प गइरहेकाे छ।  राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति करिव १२ बजे बाजुराकाे बडिमालिका नगरपालिकाकाे ढम्कनेलाइ केन्द्रबिन्दु बनाएर पहिलाे कम्पन ४.४० रेक्टर स्केलकाे भुकम्प गएकाे थियाे ।

त्यसपछि निरन्तर पराक्महरु गइरहेकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । बिहन ९ बजेर २५ मिनेटमा बाजुराकै काडामा केन्द्रबिन्दु बनाएर फेरी ४ दशमलव १० रेक्टर स्केलकाे पराकम्प गएकाे जनाएकाे छ ।  भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको छ ।

बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रो पटक भूकम्प गएको छ । बाजुरा केन्द्र बिन्दु बनाएर गत माघ १० गते देखी हरेक महिना निरन्तर  भूकम्प गइरहेकाे छ  ।

चर्चामा

सम्बन्धित समाचार