सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय सभाले दियो संसदीय सुनुवाइ समितिमा ३ सांसदको नाम

राष्ट्रिय सभाले दियो संसदीय सुनुवाइ समितिमा ३ सांसदको नाम

  • बुधबार, बैशाख १३, २०८०
राष्ट्रिय सभाले दियो संसदीय सुनुवाइ समितिमा ३ सांसदको नाम

काठमाडौं– राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरुको मनोनयन गरेको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरुलाई मनोनयन गरेको हो ।

समितिमा राष्ट्रिय सभा सदस्यहरु रमेशजंग रायमाझी, देवेन्द्र दाहाल र जगप्रसाद शर्मा रहनेछन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम बैठकमा जानकारी गराएका थिए ।

बैठकले सर्वसम्मत रुपमा सहमति जनाएको हो । शर्मा नेकपा माओवादी केन्द्र, दाहाल नेकपा एमाले र रायमाझी नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेपालको संविधानले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, विभिन्न संवैधानिक आयोगका पदाधिकारी, राजदूत सिफारिस भएका व्यक्तिहरुको नियुक्तिअघि संसदीय सुनुवाई गर्ने व्यवस्था गरेको छ ।

त्यसका लागि संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य गरी १५ जनाको समिति गठन हुनेछ । जसमा राष्ट्रियसभाका ३ जना र बाँकी प्रतिनिधिसभाका सदस्य रहनेछन् । दलीय सहमति नहुँदा प्रतिनिधिसभाले भने सुनुवाइ समितिमा नाम पठाउन सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार