बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • राजनीति
  • संसदीय समितिमा भागबण्डा, टीआरसीमा सहमति

संसदीय समितिमा भागबण्डा, टीआरसीमा सहमति

  • सोमवार, बैशाख ११, २०८०
संसदीय समितिमा भागबण्डा, टीआरसीमा सहमति

काठमाडौँ — नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको भागण्बडामा सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो बसेको तीन दलको बैठकमा टिआरसीबारे विशेष समिति गठन गर्ने एमालेलाई तीन समितिको नेतृत्व दिने सहमति भएको हो ।

संघीय संसदका २ विशेष समितिमध्ये एमालेले राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने भएको छ । संसदीय सुनुवाई समितिको भने सभापति कांग्रेसले भएको छ ।

१० वटा विषयतगत समितिमा सार्वजनिक लेखा समिति र थप एक समितिको सभापति पनि एमालेले पाउने सहमिति भएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले  बताए । गिरीका अनुसार संवैधानिक परिषद सम्बन्धी विधेयक सिधै संसदमा लगेर पारित गर्ने सहमति भएको छ ।

चर्चामा

सम्बन्धित समाचार