बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • बडिमालिका
  • पैसा अभाबमा अलपत्र बाजुराका ४ बर्षिय गौतम उपचारपछि घर फिर्ता

पैसा अभाबमा अलपत्र बाजुराका ४ बर्षिय गौतम उपचारपछि घर फिर्ता

  • आइतवार, बैशाख ३, २०८०
पैसा अभाबमा अलपत्र बाजुराका ४ बर्षिय गौतम उपचारपछि घर फिर्ता

बाजुरा–बडिमालिका नगरपालिका ९ बस्ने ४ बर्षिया गौतम थापा उपचार पछि घर फिर्ता भएका छन् । सौगात जिल्ला अस्पताल बाजुराको शैयामा उपचार अभाबमा छटपटीरहेको समाचार प्रकाशित पछि उनको काठमाडौमा उपचार भएको थियो ।
मुटुको समाचार प्रकाशित पछि काठमाडौमा रहेको मेडिकल पुर्नस्थापना संस्थाको सहयोगमा उपचार भएको हो । गौतमको मुटुको अप्रेसन गर्न नसकेर अलपत्र रहेका थिए । दि बडिमालिका खबर लगायत सञ्चारमाध्यमा समाचार प्रकाशित पछि उद्धार भएरु काठमाडौमा उपचार भएको थियो । समाचारमा अस्पताल बाजुरामा गौतम अलपत्र रहेको जानकारी पाएपछि काठमाडौ बोलाएर उपचार गरेको संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् ।
गौतमको मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर उपचार भएको थियो । उनको मुटुको अप्रेसन भएको थियो । अस्पतालले तिन महिना पछि फलोअप चेकजाँच लागि आउने गरि अहिले घर पठाएको छ ।
गौतमकि आमा डम्मरा थापाले भनिन्, पाँच पटक काठमाडौमा उपचार गर्न ल्याएको भएपनि पैसा नभएर घर फिर्ता गरेका थियौ । यो पटक संस्थाको सहयोगमा छोराका उपचार भएर घर फिर्ता भएको डम्मराले वताईन् । छोराको उपचार सँगै बाचेकोमा निकै खुशी भएको र सहयोगि सबैलाइ डम्मराले धन्यवाद दिइन् ।
गौतमलाई जिल्ला अस्पताल बाजुराले जिल्लामा उपचार सम्भव नभएको जिल्ला बाहिर लिन भनेर रिफर गरेको थियो । तर अभिभाबक सँग पैसा नहुदा जिल्ला अस्पताल बाजुराको शैयामा गौतम मृत्य सँग जुधिरहेको आमा डम्मरा थापाले बताईन । ४ बर्षिय गौतमको मुटुमा समस्या भएर दुइ ओटा भल्व फेर्नुपर्ने जिल्ला अस्पताल बाजुराका स्वास्थ्यकर्मीहरुले बताएका थिए । अस्पताल बाजुराले एनआइसियु चाहिने बच्चाको अबस्था जटिल भएको भन्दै रिफर गरेको छ ।
गौतम अस्पताल बाजुरामा अक्सिजनको साहारमा बाचिरहेका थिए । अस्पतालले बच्चाको अबस्था जटिल भएको भन्दै अभिभाबक बाट मञ्जुरीनामा समेत लिइसकेको छ । घरको आर्थिक स्थिती कमजोर भएका कारण पैशा नभएर जिल्ला बाहिर लिन नसकेको उनका बुवा हिमाल थापाले बताए ।
आफन्तले गत असोज महिना गौतमलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा काठमाडौमा उपचारमा लगेका थिए । गौतमलार्ई पैशा नहुदा फिर्ता ल्याएको बुवा हिमालले वताए । उनले असोजमा काठमाण्डौ लगेर पैशा नभएकै कारण फिर्ता ल्याएको बताएका थिए ।
गौतम ९ महिनाकै हुदाँदेखी मुटुको समस्या भएको र धेरै पटक जिल्ला अस्पतालमै उपचारका लागि ल्याएको आफन्तले बताए । घरमा ३ महिना खान पुग्दैन दैनीक ज्याला मजदुरी गरेर कमाएको पैसाले छोराको उपचार गर्न नसकेको थापाले बताए । कृर्षी काम गरेर खान पुग्दैन ज्याला मज्दुरी गरेर घरको सबै समस्या टार्नुपर्ने समस्याका कारण छोरोको उपचार गर्न समस्या भएको गौतमका बुवा हिमालले बताए । छोराको उपचारका लागि अहिले साहुँलाइ चाहारिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार