मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका बिभिन्न ठाउँमा विशु पर्व मनाइँदै

बाजुराका बिभिन्न ठाउँमा विशु पर्व मनाइँदै

  • शुक्रबार, बैशाख १, २०८०
बाजुराका बिभिन्न ठाउँमा  विशु पर्व मनाइँदै

बाजुरा — नयाँ बर्षकाे आगमन सगैँ बाजुरा लगायत सुदूरपश्चिमेलीको मौलिक संस्कृति ‘विशु’ पर्व धुमधाम साथ मनाइँदै छ। हरेक वर्षको अन्तिम दिन र वर्षको पहिलो गरी दुई दिन यो वर्ष मनाउने गरिन्छ। अन्तिम दिन वर्षलाई बिदाई र सुरुको दिन स्वागत गरेर बिशु पर्व मनाउने गरिन्छ।

नयाँ बर्षकाे दिन आफन्त परिवारजन सँगै बसेर मिठो मसिनो पकाएर खाने, सँगै रमाइलो गर्ने र वर्षभरिको समीक्षा गर्ने गरिन्छ। आजको दिनलाई परिवारिक जमघटको रुपमा पनि लिइन्छ। ‘मरुला भनेर बिशु खानु, बाँचे भनेर वल्के खानु’ भन्ने भनाइले सुदूरपश्चिममा मनाइने दुई मौलिक पर्वको विशेषता झल्काउँछ। विशु वैशाख संक्रान्तिमा मनाइने पर्व हो, भने ‘वल्के’ भदौ संक्रान्तिमा।

वैशाख सुरु भएसँगै रोगव्याधि, महामारी र अनिकालको समय सुरु हुने भएकाले परिवारका सदस्यसँगै बसेर याे पर्व मनाउनुपर्छ भन्ने मान्यता रहिआएको जानकारहरु बताउँछन्। बिशु पर्व लाइ जाेगाउन पछिल्लाे समय स्थानिय तहहरुले पनी ध्यान दिने माैलीक पहिचान सहितका कार्यक्रम गर्दै  आएका छन ।

प्राचीन कालमा वैशाखपछिको वर्षायामको समयमा रोगव्याधि, अनिकाल, महामारीको प्रकोप हुन्थ्यो, त्यसमा परिवारको जोकोही सदस्य जीवित नरहन सक्छ भनेर सँगै बसी मनाउन थालिएको पर्व नै बिशु हो। बाजुरा, डोटी, अछाम, बझाङ बैतडी, दार्चुलालगायत कर्णाली प्रदेशका जिल्लाहरुमा बाघ खेल तथा देउडा खेल खेलेर मनोरञ्जन गर्ने परम्परा छ।

चर्चामा

सम्बन्धित समाचार