शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा एक जना बालकमा देखीयाे कालाजार

बाजुरामा एक जना बालकमा देखीयाे कालाजार

  • बिहिबार, चैत्र ३०, २०७९
बाजुरामा एक जना बालकमा देखीयाे कालाजार

बाजुरा–  हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका ६ वर्षीया बालक निमाछिरिङ थापालाई कालाजार राेग देखा परेकाे छ । उनि ३ महिना देखी  बिरामी भएकाे र उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा ल्याएपछी उनलाइ कालाजार रोग देखा परेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
लगातार तीन महिनादेखि विरामीले थला परेका  थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा पनि निको नभएपछि बुधबार राती जिल्ला अस्पताल बाजुरामा उपचारका लागि भर्ना गरिएकाे र चेकजाँच गर्दा कालाजार रोग भेटिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन।
उनले दिएको जानकारी अनुसार बालकमा कालाजार,कुषेषण र शरिरमा २ प्वाइन्ट मात्र रगत भएकाले ज्यान नै जोखिममा रहेको बताए । रगतको मात्रा कम भएको र बालकलाई आइसीयुमा राख्नुपर्ने अवस्था रहेकाले सुविधायुक्त अस्पतालमा उपचारका लागि रिफर गर्ने तयारी गरिएको सूचना अधिकारी गिरीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार