मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • प्रदेश ७
  • भारतबाट बिशु पर्व मनाउन घर फर्किदै सुदुरका मज्दुर

भारतबाट बिशु पर्व मनाउन घर फर्किदै सुदुरका मज्दुर

  • बिहिबार, चैत्र ३०, २०७९
भारतबाट बिशु पर्व मनाउन घर फर्किदै सुदुरका मज्दुर
फाइल तस्विर।

बाजुरा —  भारतीय सीमा जोडिएका नाकाहरूमा यतिबेला सुदुरका पहाडी जिल्लाका नागरिक नयाँ वर्षको पर्व बिशु मनाउन घर फर्कन थालेका छन् । सुदूरपश्चिम प्रदेशभर नयाँ वर्षलाई बिशु पर्व धुमधामसाथ मनाउने भएकाले घर फर्कन थालेका हुन । एक सातादेखि बिशु मनाउन घरबाहिर रहेका आफन्तहरू फर्कन थालेका छन् ।

मजदुरी गर्न भारत गएका सुदुरका पहाडी जिल्लाका स्थानिय बिशु मनाउन स्वदेश फर्किरहेका हुन् । घर आउनेहरूको भारतीय सीमा नाका र बसपार्क क्षेत्रमा भीड लाग्ने गरेको छ । भारत गएकाहरू बिशु मनाउन घर फर्किन थालेपछि गाउँघरमा चहलपहल बढेको छ । बिशुको लागि भन्दै दैनिक सयौंको संख्यामा भारतका विभिन्न क्षेत्रबाट काम गरेर नेपाली घर फर्किरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार