आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • अछाम बन्दले बाजुराका यात्री चाैखुट्टेमा अलपत्र

अछाम बन्दले बाजुराका यात्री चाैखुट्टेमा अलपत्र

  • मङ्लबार, चैत्र २८, २०७९
अछाम बन्दले बाजुराका यात्री चाैखुट्टेमा अलपत्र

बाजुरा — अछाम जिल्लाकाे बन्दले धनगढी बाट बाजुरा आउने यात्रुहरूलाई समस्या भएकाे छ । चैत १९ गते साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएका २६ वर्षिया हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौमा चैत २४ गते मृत्यु भएपछि आफन्तहरूले ४ दिनदेखि सडक सहित बजार ठप्प पारेका छन् ।
कुँवरलाई ठक्कर दिने सुप्रप ०१–००१ ख ३१५४ नम्वरका गाडी चालकलाई कारवाहि र मृतकका श्रीमती र दुई छोरीको जिम्मा लिनु पर्ने मागसहित अछाममा यातायात ठप्प पारेपछि बाजुराबाट धनगढी र धनगढी बाट बाजुरा आउने यात्रुहरूलाई समस्या भएकाे छ ।
धनगढीबाट बाजुरा आएका सयाै यात्रुहरू अछामकाे चाैखुट्टेमा अलपत्र परेकाे बाजुराका कर्णबहादुर महतले बताएका छन् ।
धनगढीबाट आएकाे २ दिन भयाे चाैखुट्टेमा सयाैं जना यात्रु अलपत्र छाै, गाडी खुल्ने नखुल्ने अत्ताेपत्ताे छैन् महतले भने । यता बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बाजुराभित्र आउने र जिल्ला बाहिर जाने यात्रुहरूकाे आवागमन सहज बनाउन समन्वय गरिरहेकाे बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार