मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • सेती अस्पतालमा चलखेल, ७१ पदका कर्मचारी छनोटमा भागबण्डा!

सेती अस्पतालमा चलखेल, ७१ पदका कर्मचारी छनोटमा भागबण्डा!

  • आइतवार, चैत्र २६, २०७९
सेती अस्पतालमा चलखेल, ७१ पदका कर्मचारी छनोटमा भागबण्डा!

धनगढी– सेती प्रादेशिक अस्पतालले चैत ६ मा सात दिने सूचना जारी गर्दै नवौं तहका ७ जना विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अधिकृत, एनेस्थेसिया सहायक र हेल्थ असिस्टेन्ट ५/५ जना, फार्मेसी सहायक ४ जना, रेडियोग्राफर ३ जना, ३५ जना स्टाफ नर्ससहित विभिन्न तहका ७१ जना स्वास्थ्यकर्मी माग गरेको थियो।
अस्पतालमा भने ७१ पदका लागि एक हजार ८३ जनाको आवेदन परेको छ। अस्पतालले सामाजिक विकास मन्त्रालयको निर्देशनमा कोरोना महामारीको समयमा बनेको करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन मापदण्ड २०७७ अनुसार भर्ना प्रक्रिया अगाडि बढाएको छ। तर, नयाँ कर्मचारी छनोट गर्दा निकटका व्यक्ति भर्ना गर्ने चलखेल भएको आशंका गरिएको छ।

भर्ना प्रक्रिया निष्पक्ष हुनुपर्ने भन्दै सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले ध्यानाकर्षण पत्र बुझाएका छन्। उनले कर्मचारी भर्नामा चलखेल भइरहेको गुनासो आएपछि मेसुलाई ध्यानाकर्षण पत्र बुझाएको बताए। ‘अस्पतालमा योग्य र क्षमतावान व्यक्ति छनोट हुनुपर्छ भन्ने सबैको चाहना हो,’ उनले भने, ‘अहिले कोरोनाको समयमा बनेको मापदण्डअनुसार अन्तरवार्ता गरेर भर्ना गर्न खोजिएको छ।
कर्मचारी भर्ना लिखित र मौखिक परीक्षा गरेर हुनुपर्छ भन्ने माग हो।’ महामारीका बेलाको मापदण्ड अपनाएको, लिखित परीक्षा लिनुपर्नेमा अन्तर्वार्ता मात्र राखेर कर्मचारी छनोट गर्नु गलत भएको र लिखित तथा मौखिक परीक्षा लिएर मात्र पदपूर्ति गर्नुपर्ने माग आवेदकहरूको पनि भएको भट्टले बताए। प्रादेशिक अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी भर्नाको विषयमा अस्पताल व्यवस्थापन समिति नै विभाजित भएको छ।

व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले मंगलवार भागबण्डाका आधारमा कर्मचारी छनोट नगर्न भन्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका थिए। भट्टले प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउँदै कर्मचारी पदपूर्तिमा कसैको दबाब वा प्रभावमा परेर क्षमतावान, अनुभव र दक्ष कर्मचारीले अवसर नपाउने पो हुन कि भन्ने चिन्ता उत्पन्न भएको बताए।

उनले ऐन, नियम, कानुन तथा मापदण्डअनुसार कर्मचारी छनोट गर्नुपर्ने माग गरेका छन्। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले सामाजिक विकास मन्त्रालयको समन्वयमा विज्ञापन गरिएको बताए। उनले कर्मचारी छनोट प्रक्रियामा कुनै कैफियत नहुने बताए। मापदण्डको अधिनमा रही निष्पक्ष भएर कर्मचारी छनोट गरिने अध्यक्ष शाहको दाबी छ।

‘कर्मचारी छनोट प्रक्रिया एकदम निष्पक्ष र पारदर्शी हुन्छ। योग्य र क्षमता भएका व्यक्ति नै अगाडि आउने कुरामा दुई मत छैन,’ उनले भने, ‘सामाजिक विकास मन्त्रालयको समन्वयमा कोरोना महामारीका बेला बनेको कार्यविधि अनुसार कर्मचारी भर्ना गर्दा छिटो र पारदर्शी नतिजा आउनेमा ढुक्क हुन आग्रह गर्दछु।’ दिनेशखवरबाट

चर्चामा

सम्बन्धित समाचार